Close

Recent Posts

टप इन्ड सिरिजमा नेपालको लगातार तेस्रो हार

टप इन्ड सिरिजमा नेपालको लगातार तेस्रो हार
  • २ भाद्र २०८२, सोमबार १०:४२

काठमाडौं– अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

mulpatra

मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै रोकियो । स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै नेपाललाई खेलमा फर्काए । उनले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएपछि मेलबर्न १७५ रनमा रोकिएको थियो ।

जवाफी ब्याटिङमा नेपालले आक्रामक सुरुवात गर्यो । ओपनर कुशल भुर्तेलले १३ बलमा २५ रन हान्दै नेपाललाई चाहिएजस्तो सुरुवात दिलाएका थिए । उनी आउट भएपछि तेस्रो नम्बरमा ल्याइएका भीम सार्की चलेनन् । उनी एक रनमै आउट भए । त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि बलियो साझेदारी गर्दै नेपालको आशा जगाए ।

तर कप्तान पौडेलले ३१ बलमा ३३ रन बनाएर आउट भएपछि नेपाल फेरि दवावमा पर्यो । यद्यपि, नेपालसँग ब्याटरहरुको कमि थिएन । एक इन्डमा आसिफ टिकिरहँदा अर्को इन्डबाट आक्रमण गर्ने नेपालको रणनीति थियो । तर आसिफ दुर्भाग्यपूर्णरुपमा रनआउट भए । कुशल मल्लसँग तालमेल नमिल्दा उनले एकदमै महत्वपूर्ण समयमा विकेट गुमाउनुपर्यो । आसिफले ४९ बलमा १ छक्का र तीन चौकाको सहयोगले ५३ रन जोडेका थिए ।