Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

उपसभामुखलाई हटाएर दम्भ देखाउन खोज्थे ओली–देउवा, शेखरले रोकेर राजनीतिक हाइट बढाए

उपसभामुखलाई हटाएर दम्भ देखाउन खोज्थे ओली–देउवा, शेखरले रोकेर राजनीतिक हाइट बढाए
  • ३ भाद्र २०८२, मंगलवार १८:००

काठमाडौं– उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारुढ कांग्रेस–एमालेको प्रयासमा बाधक बने कांग्रेसको शेखर कोइराला । दुई दलले आज बिहान संसदीय दलको आकस्मिक बैठक डाकेर सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराइ रहेकै बेला शेखरले यसमा ब्रेक लगाउन सफल भए ।

mulpatra

उपसभामुख रानाले साढे दुई वर्ष अगाडि लेखेको पत्रलाई आधार बनाएर उनीहरूले संविधानको धारा ९१ को उपधारा ६ (ग) अनुसार उपसभामुखलाई हटाउन खोजेका हुन् ।

उपसभामुख राना मगरले सन् २०२३ फेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य ६ जना जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ता मिति मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

mulpatra mulpatra mulpatra

सत्तामा आसिन प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखले आचरणविपरीत काम गरेको भन्दै उनलाई हटाउने प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गरेका छन् । यसमा मुख्य बाधक बने शेखर । जसका कारण अहिले उनको चर्चा समेत भइरहेको छ ।

संवैधानिक परिषद्मा समेत सत्ता पक्ष अल्पमतमा पर्दा संवैधानिक नियुक्तिहरू लामो समयदेखि हुन नसकेकोबारे त्यहाँ नेताहरूबिच छलफल भएको थियो ।प्रधानमन्त्री अध्यक्ष रहने ६ सदस्यीय संवैधानिक परिषद्मा उपसभामुख पनि सदस्य रहने व्यवस्था छ । संवैधानिक परिषद्मा सत्तापक्ष र प्रतिपक्षीको मत बराबर छ ।

प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता र प्रधानन्याधीश रहने परिषद्मा विपक्षी दलको नेता, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख विपक्षमा रहेको अवस्था छ भने प्रधानन्यायाधीशले पनि सत्तापक्षले भनेको निर्णयमा साथ नदिने देखिन्छ । सोही कारण उपसभामुख फेर्दा सत्तापक्षलाई नियुक्ति सिफारिसका लागि सहज हुने देखिन्छ । त्यही भएरपनि राना हटाउन ओली लागि परेका हुन् ।

Image Source: © https://mulpatra.com

सोमबार साँझ नेकपा एमाले र कांग्रेसका शीर्ष नेताहरूले उपसभामुख राना हटाउने प्रक्रिया अघि बढाउने र हालै खाली भएको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सभापति नियुक्त गर्नेबारे छलफल गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले संवैधानिक परिषदमा मनोमानी गर्ने नियत रहेको निष्कर्ष निकालेको छ । यसैलाई आधार मान्ने हो भने भोलीदेखि सदनमा यस विषयले प्रवेश बनाउने छ ।

कोइराला समूहले खाली कागजमा हस्ताक्षर गराउनुको प्रयोजन माग गरेपछि उपसभामुख हटाउने प्रयास असफल भएको सञ्चारमाध्यममा चर्चा छ । शेखरले संसदीय दलमा बैठकमा पनि हस्ताक्षर संकलनको प्रयोजन खुलाउन माग गरेका छन् । हुन त शेखर समूहका सबै सांसद काठमाडौंमा उपलब्ध छैनन् भने काठमाडौंमा रहेका केही सांसदले खाली कागजमै हस्ताक्षर गरेका छन् ।

कोइरालाले आफूनिकट सांसदलाई फोन गरेर प्रयोजन खुलाइए मात्रै हस्ताक्षर गर्न निर्देशन दिएका थिए । त्यसपछि शेखर समूहका सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न मानेनन् ।

भरखरै राज्यव्यवस्था समितिबाट राजिनामा दिएका रामहरि खतिवडाले ‘भरी कागजमा हस्ताक्षर गर्दा त समस्या आउँछ खालीमा कहाँ हुन्छ ?’ भनेर हस्ताक्षरको विरोध गरेपछि उपसभामुखको विषयलाई लिएर कांग्रेस भित्र वेमेलको स्थिति सिर्जना समेत भएको छ ।

उपसभामुखलाई हटाउन खोजेको चर्चा बाहिर सुनेको भएपनि पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको जिकिर गरे। शेखर पछिल्लो समय सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन् । यसले राजनीतिक चर्चा समेत पाइरहेको छ ।

शेखरले पार्टीका बैंठकमा कांग्रेस सिध्याउन उपसभामुखलाई हटाउन खोजेको र हस्ताक्षर चलाएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न समेत गरेका थिए ।

उपसभामुख हटाउन दुई तिहाइ मत चाहिन्छ । जसअनुसार प्रतिनिधिसभाको २७५ जना सांसदमध्ये १८४ हुनुपर्छ । उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन् ।

संविधानको धारा ९१ मा प्रतिनिधि सभाका सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ । धारा ९१ को उपधारा ६ को (ग) अनुसार ‘निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा’ सभामुख वा उपसभामुखको पद रिक्त हुने व्यवस्था छ ।

यही धारा टेकेर कांग्रेस र एमालेले सरकारमा रहेका अन्य साना दलहरूको सहयोगमा दुई तिहाइ पु¥याएर उपसभामुखलाई हटाउने तयारी गरेका हुन् । यसका लागि कोइरालाले समेत असहमत देखाएपछि सरकारलाई अघि बढ्न समस्या हुने देखिएको छ ।

संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस–एमालेका सांसदहरूले आज बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएको छ । उक्त अभियानको विरोध गर्दै प्रतिपक्षी दलहरूले सशक्त प्रतिवाद गर्ने बताएको हो ।