Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

विधेयक संसद्‌बाट पारित गदै गण्डकीले घरेलु मदिरा उत्पादनको मान्यता दियो

विधेयक संसद्‌बाट पारित गदै गण्डकीले घरेलु मदिरा उत्पादनको मान्यता दियो
  • ३ भाद्र २०८२, मंगलवार २०:२०

काठमाडौं– ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ गण्डकी प्रदेश सभाबाट मंगलबार सर्वसम्मतिले पारित भएको छ ।

mulpatra

विधेयकले घरेलु मदिरा र मर्चा उत्पादनका लागि छुट्टाछुट्टै इजाजतपत्रको व्यवस्था गरेको छ भने सांस्कृतिक तथा घरायसी प्रयोजनका लागि एक परिवारले वार्षिक ६० लिटर मदिरा र ६० लिटर जाँड उत्पादन गर्न खुला गरेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीमा नियुक्त भएकै समयदेखि घरेलु मदिरा र गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने बताउँदै आएका थिए । घरेलु मदिरा संसद्बाट पारित भइरहँदा गाँजा विधेयक अहिले मस्यौदाको क्रममा छ ।

mulpatra mulpatra mulpatra

विधेयक पारित भएसँगै प्रदेशभित्र परम्परागत रूपमा उत्पादन हुँदै आएको घरेलु मदिराले कानुनी मान्यता पाएको छ । अब वैधानिक रूपमै मदिराको उत्पादन, बजारीकरण र गुणस्तर नियमनको बाटो खुलेको हो ।

उत्पादित मदिराको गुणस्तर प्रयोगशालामा परीक्षण गराएर मात्र बिक्री–वितरण गर्न पाइने र इजाजत प्राप्त व्यक्तिले उत्पादन गरेको मदिरालाई उद्योगमार्फत ‘ब्रान्डिङ’ गर्न सक्ने प्रावधान छ ।

स्थानीय कोदो, फापर, फलफूल जस्ता कच्चा पदार्थको प्रयोग अनिवार्य गरिएको विधेयकमा चामलको प्रयोगमा भने निषेध छ ।

Image Source: © https://mulpatra.com

घरेलु प्रयोजनका लागि ३० लिटरबाट बढाएर ६० लिटर पु¥याइएको छ । उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले विधेयक पारित गर्न संसद्मा प्रस्ताव गरेका थिए ।