Close

Recent Posts

युवा संघले सह–संयोजक संजीव राईसँग लिखित स्पष्टीकरण माग्यो

युवा संघले सह–संयोजक संजीव राईसँग लिखित स्पष्टीकरण माग्यो
  • ४ भाद्र २०८२, बुधबार १३:२८

काठमाडौं– युवा संघ नेपालको केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईसँग लिखित स्पष्टीकरण माग गरेको छ ।
आयोगका अध्यक्ष विक्रम केसीले हस्ताक्षर गरेको पत्रमा संघको विधान र स्थापित प्रक्रियाविपरीत गतिविधि भएको आरोपमा राईलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको उल्लेख छ ।

mulpatra

पत्रमा भनिएको छ कि गत २०८२ चैत १७ गते इन्चार्ज लक्ष्मण के.सी.को सिफारिसमा नयाँ राष्ट्रिय महाधिवेशन आयोजनाकर्मी समिति गठन गर्ने सर्कुलर जारी गरिएको थियो। सो समितिमा राईलाई पनि जिम्मेवारी दिइएको भए पनि पछिल्लो भदौ १ गतेको बैठकमा अध्यक्षको अनुपस्थितिमा समितिको गठन प्रक्रिया अघि बढाइएको बताइएको छ । आयोगले यसलाई संघको विधान, विधि र प्रक्रियाविपरीत भएको निष्कर्ष निकालेको छ ।

अनुशासन आयोगले सो कदमलाई “गम्भीर राजनीतिक कृत्य” भन्दै राईलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ। पत्रमा भनिएको छ, ‘तोकिएको समयभित्र स्पष्टीकरण नपठाइए वा प्रस्तुत गरिएको स्पष्टीकरण सन्तोषजनक नभएमा विधानअनुसार आवश्यक कारबाही गरिनेछ ।’

mulpatra mulpatra mulpatra

यस घटनाले संगठनभित्रको कार्यशैली र आन्तरिक प्रक्रियाप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । अनुशासन आयोगले विधान र प्रक्रियाको पालनामा कठोर रहने सन्देश दिँदै संगठनभित्र अनुशासन र एकताको रक्षा गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

संस्थापन पक्षका अनुसार पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्ना छोरालाई नेतृत्वमा ल्याउन सह–संयोजक संजीव राईलाई युवा संघमा समानान्तर कमिटी बनाउन निर्देशन दिएका छन् । उक्त समितिमा निर्भीक खनाललाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

यस्तै, संजीव राई र निर्भीक ठेक्का–पट्टासम्बन्धी कम्पनीमा व्यवसायिक साझेदार रहेको तथ्यसमेत बाहिर आएको छ । यस विषयले संगठनभित्र विवाद थप चुलिएको बताइन्छ ।

Image Source: © https://mulpatra.com