Close

Recent Posts

अभिभावकको हिसाबले भेट्न गएँ, रविले भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो भएको सुनाए:प्रचण्ड

अभिभावकको हिसाबले भेट्न गएँ, रविले भैरहवा भन्दा यहाँको बसाइ धेरै राम्रो भएको सुनाए:प्रचण्ड
  • ४ भाद्र २०८२, बुधबार १८:२२

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । ललितपुरको नख्खु कारागारमा पुगेर प्रचण्डले रविसँग भेटवार्ता गरेका हुन् ।

mulpatra

भेटवार्ताका क्रममा उनले रविसँग कारागारको बसाइबारे जानकारी लिएको प्रचण्डले बताएका छन् । रविलाई प्रचण्डले भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवा सुविधा पाएको जानकारी गराएका छन् । ‘भैरहवा कारागारको भन्दा यहाँ धेरै राम्रो सेवा सुविधा छ भनेर उहाँले भन्नुभयो,’ रविको भनाइ उद्धृत गर्दै प्रचण्डले भनेका छन् ।

‘भरखरै रवि लामिछानेसँग भेट गरेँ, मेरो क्याबिनेटमा गृहमन्त्री पनि हो उहालेँ,’ प्रचण्डले भने, ‘अभिभावकको हिसाबले उहाँको अवस्‍था बुझ्नु स्वाभाविक नै हो। भैरहवा हुँदा नै जान खोजेको, मिलेन । उहाँको भैरहवाको बसाइँको स्थिति जटिल नै रहेछ । दुब्लाउनुभएछ । यहाँ बसाइँ राम्रो भएको, खानपिन पनि राम्रो भएको भन्नुभयो। भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर यहाँको व्यवस्थापनको प्रशंसा गर्नुभयो । ’