Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सार्वजनिक जग्गा अतिक्रमणमा ठूलाबडा नै संलग्न, १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण: प्राधिकरण

सार्वजनिक जग्गा अतिक्रमणमा ठूलाबडा नै संलग्न, १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण: प्राधिकरण
  • ५ भाद्र २०८२, बिहीबार १२:२४

काठमाडौं– नेता र सरकारी कर्मचारीको मिलेमत्तोमा काठमाडौंको एक लाख रोपनी बढी जग्गा अतिक्रमण भएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ । उपत्यकामा रहेका सार्वजनिक, नदी किनारका जग्गा अतिक्रमणमा नाम चलेका व्यक्तिहरु नै संलग्न रहेको पाइएको प्राधिकरणले जनाएको छ ।

mulpatra

सार्वजानिक, नदी किनारका जग्गा झुपडीवालाले नभई ठूलाठूला व्यक्ति, नाम चलेका स्कुल र विश्वास गर्न नै नसक्ने मान्छेले कब्जा गरेर बसेको काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त शुभाष बस्नेतले जानकारी दिएका छन्

प्राधिकरणले दिएको जानकारी अनुसार २०२१, २०४४ र २०५६ को नापीलाई अध्ययन गर्दा धोबीखोलासहित विभिन्न नदि आसपास मात्र ३ हजार रोपनी जग्गा अतिक्रमण गरिएको छ । प्राधिकरणले चैत ३ गतेदेखि अवैध प्लटिङलाई कित्ताकाट रोक्का गरेको छ । हाल १ हजार १५० कित्ता अवैध प्लटिङ रोक्का गरिएको छ ।

mulpatra mulpatra mulpatra

तिलगंगादेखि चोभारसम्म गयौँ भने १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको छ । त्यो सानो झुपडीवालाले होइन, ठूलठूलाले, नाम चलेको स्कुल रहेको प्राधिकरणले जनाएको छ ।

उच्चपदस्थ व्यक्ति तथा नाम चलेका विद्यालयहरुले सार्वजानिक जग्गा अतिक्रमण गरेको पाइएको बस्नेतले बताए । ‘तीन चरणको नापीलाई हेर्ने हो भने कम्तिमा ३ हजार रोपनी नदीका सार्वजानिक जग्गा अतिक्रमण भएको छ र मानिसहरुले अहिले दर्ता गरेर खाएको स्थिति छ ।’ उनले भने । ‘सार्वजानिक जग्गा अतिक्रमण गर्नेको सम्पती रोक्का गर्नसक्ने अधिकार काठमाडौं उपत्यका विकास प्राधिकरणलाई छ । यो मैले शुरुवात गरिसकेको छु । माधव खोलामा जसले सार्वजानिक जग्गा मिचेर जसले आफ्नो कम्पाउण्ड भित्र लगेका छन् । उहाँहरुको मैले सम्पत्ति रोक्का गरिसकेको छु ।’ उनले भने ।

उनका अनुसार काठमाडौं यति धेरै जग्गा अतिक्रमण भएको छ । मलाई त लाग्छ कम्तिमा एक लाख रोपनी जग्गा अतिक्रमण छ । हामी २०२१ सालको, २०४४ सालको नापीमा र २०५६ सालको नापीलाई हेरेर डाटा निकाल्ने हो भने धोवी खोलाको २०० रोपनी जग्गा अतिक्रमण गरेको मसँग डाटा रहेको उनको दाबी छ ।

Image Source: © https://mulpatra.com

उपत्यका बिकास प्राधिकरणलाई अवैधानिक संरचनाहरू हटाउने, अतिक्रमित भूभागहरू खाली गर्ने र सार्वजनिक जग्गाहरूको उपभोग गर्ने अधिकार ऐनमै उल्लेख रहेको प्राधिकरणका कानुन अधिकृत घनश्याम पौडेलले जानकारी दिए ।

अतिक्रमित जग्गा खाली गराउने र व्यवस्थित सहर निर्माण गर्नका लागि प्राधिकरणलाई ऐन तथा कानुनले अधिक अधिकार दिएको उनले बताए । ‘काठमाडौं उपत्यका विकास प्राधिकरण ऐनले सरकारी, पर्ति, ऐलानी जग्गाहरूको संरक्षण, उपयोग गर्ने र प्रयोग गर्नेसम्मको अधिकार छ । । साथै प्लटिङ, हाउजिङ अपाट्मेन्टहरू पनि प्राधिकरणको दायरमा आउनुपर्छ। त्यस्ता सबै निकायहरूको नियमन गरेर कानुनको दायरामा ल्याउने र बस्न योग्य एव व्यवस्थित सहर बनाउने काम प्राधिकरणको हो ।’ उनले भने ।

मापडण्ड बिपरित बनेका अवैध संरचनाहरू हटाउने मात्र होएन उपत्यकाभित्र संचालनमा रहेका होटल, पार्क, हस्पिटलहरू, विद्यालयलगायतका निकायहरूले प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था पनि भएको उनको भनाइ छ ।

माधव खोलामा सार्वजानिक जग्गा मिचेर आफ्नो कम्पाउण्डभित्र लगेकाहरुको प्राधिकरणले सम्पत्ति रोक्का गरिसकेको प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजानिक जग्गा अतिक्रमण गर्नेको सम्पत्ति रोक्का गर्ने काम सुरु गरेको छ ।

तिलगंगादेखि चोभारसम्म १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको उनको भनाइ छ । ती सबै जग्गाहरु झुपडीवालाले नभई ठूलाठूला व्यक्ति, नाम चलेको स्कुल र विश्वास गर्न नै नसक्ने मान्छेले कब्जा गरेर बसेका छन् ।