समितिबाट विद्यालय शिक्षा विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । प्रतिपक्षी दलको विरोधका बीच बिहीबार बसेको समिति बैठकको बहुमतले उक्त विधेयक पारित गरेको हो।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विधेयकका विषयमा फरक मत राखेका थिए ।
सार्वजनिक पद धारण गरेका पदाधिकारीहरूले आफ्ना सन्तान सरकारी विद्यालयमा पढाउनुपर्ने मत सहित माओवादीले फरक मत राखेको थियो ।
लामो समय अड्किएको शिक्षा विधेयक समितिबाट पारित भएपछि सदनमा पेश हुनेछ ।