Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कालापानी–लिपुलेक र लिम्पियाधुरा नेपालकै भनेर चीन र भारतसँग बहस गर्ने हिम्मत छ प्रधानमन्त्री ज्यु ?

कालापानी–लिपुलेक र लिम्पियाधुरा नेपालकै भनेर चीन र भारतसँग बहस गर्ने हिम्मत छ प्रधानमन्त्री ज्यु ?
  • ६ भाद्र २०८२, शुक्रबार १७:०७

काठमाडौं– भारत र चीन एकपटक फेरि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न सहमत भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी को भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापारलाई खोल्ने सहमति भएको छ ।

mulpatra

लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्रको नेपालको भूमि हो । यी जमिनलाई समेटेर २०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले नक्सा जारी गरेका थिए ।

२०७७ सालमा भारतले लिपुलेक हुँदै कैलाश–मानसरोवर जाने सडक सञ्चालन गरेपछि नेपाल सरकारले नयाँ राजनीतिक नक्सा जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो भूभागका रूपमा संविधानमै समावेश गरिसकेको छ ।

mulpatra mulpatra mulpatra

नेपालभन्दा भारतको क्षेत्रफल २२ गुणा बढी छ । त्यत्रो देशले आधा रोपनी जमिन मिच्छ भन्दा कसैले नपत्याउन सक्छन् । भारतले नेपालको आधा रोपनी जमिन समेत मिचेको पाइन्छ ।

नेपाल र भारतबीच एक हजार ८८० किलोमिटर लामो सीमारेखा छ । नेपालको ७७ जिल्लामध्ये २७ वटा भारतसँग र १५ वटा चीनसँग सीमा जोडिएका जिल्ला छन् । यी क्षेत्रमा दुवैले देशले नेपालको जमिन मिचेका छन् । भारतसँग जोडिएका २७ जिल्लामध्ये ७१ स्थानमा अतिक्रमण तथा विवाद छ । यी क्षेत्रमा जमिन मिचेका छन् ।

अंग्रेजको पालामा नेपाल र भारतको बीचमा ९ सय २७ जंगे पिलर थिए । सिमा सुरक्षाका लागि यी पिलर राखिएका थिए । तीनदेखि पाँच माइलको दुरीमा ती पिलर राखिएको थियो । तर, दुइटा खम्बाको बीचमा सिमाना सिधा थिए । यसमा मतलब नेपाल–भारतमा रहेको परिवारको जग्गाका कारण हो । कहीँ भित्र थियो, कहीँ बाहिर । जसका कारण विवाद भइरहेको छ । दुवै देशले यो विवाद समाधान गर्न तिर ध्यान दिएका छैन ।

Image Source: © https://mulpatra.com

सबैभन्दा ठूलो विवाद चाहिँ दार्चुला जिल्लामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरामा छ । जहाँ भारतले ३ सय ७२ वर्ग किलोमिटर भूभाग अतिक्रमण गरेको छ । दोस्रो ठूलो विवाद नवलपरासीको सुस्ता क्षेत्र हो । जहाँ १ सय ४५ वर्ग किलोमिटर क्षेत्र भारतले अतिक्रमण गरेको छ ।
२०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपी ओली हुँदा कालापानी, लिपुलेक र लिम्पियाधुरा जोडिएर नक्सा निकालियो । एउटा भएको काम त्यही हो । नक्सा सार्वजनिक गरेपछि भारतले स्वीकार गरेन । यो एमालेका लागि सीमा दलहरुको मागी खाने भाँडो बनेको छ । तर, सीमाको कुरा नगरे पनि नेताहरुको पद दीर्घकालसम्म जोगिएको भने छैन ।

पाँच वर्षमा १६ सरकार परिवर्तन भए । सीमाको कुरा नउठाउँदा पनि गयो त पद। सीमाको कुरा उठाइदेको भए कम्तीमा उहाँहरुको नाम त रहन्थ्यो । पहिलो पटक सरकार बाहिर हुँदा प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने साहस गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका थिए । तर यीनै प्रधानमन्त्री ओली कालापानी, लिपुलेक र लिम्पियाधुराका विषममा मौन देखिन्छ ।

कालापानीको विषयमा पनि प्रधानमन्त्रीकै तहमा छलफल गर्नुपर्छ । त्यहाँभन्दा तलबाट समाधान हुँदैन । तर, हाम्रा प्रधानमन्त्री भारत जाँदा होस् या भारतीय प्रधानमन्त्री नेपाल आउँदा होस्, कालापानी सम्बन्धमा चुइँक्क बोल्दैनन् ।

भारतसँग सीमा विवाद सल्ट्याउन परराष्ट्र मन्त्रालय सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने हो । तर अहिले यस विषयमा परराष्ट्र मन्त्री आरजु राणाको यसमा सक्रिया देखिन । अन्तिममा प्रधानमन्त्री जिम्मेवार हुन्छ । किनभने सीमा मामिला भनेको अन्तिममा सरकार प्रमुखका बीचमा संवाद भएर समाधान हुन्छ । परामर्शको काम भने परराष्ट्र मन्त्रीले गर्नुपर्छ ।

कालापानी हाम्रो हो, हामीसँग लालपुर्जा छ भनेर हामी कराइरहेका छौँ, लिखित असहमति राखिरहेका छौँ, कूटनीतिक नोट पठाइरहेका छौँ, बोलिरहेका छौँ । यो भाषा नेताहरुले, प्रधानमन्त्री हुनेहरुले गरिरहेका छन् । यो समस्या राजाकै पालादेखि सिर्जना भएको समस्या हो । तर समाधानका लागि पहल भएको छैन कालापानी तत्काल भारतले छाड्दैन पनि ।

आफ्नो भौगोलिक अखण्डता कायम राख्न बोल्नैपर्छ । नबोलेको हुनाले नै समस्या आएको हो । जताततै मिचिदियो भने नेपाल त सधैँ तर्सिरहन्छ र नेपाल सधैँ भारतको शरणमा परिरहन्छ भनेर मिचिएको हो । यो विषयमा प्रधानमन्त्री ओली भारत भ्रमणका बेला उठाउँछन् भन्ने मुख्य प्रश्नको विषय बनेको छ ।

कुनै समय भारतले नेपालको उत्तरी सिमानामा १८ वटा चेकपोस्ट राखेको थियो १६ वर्षसम्म । त्यतिबेला नेपालले कूटनीतिक चतुरता देखाउँदा भारतीय सैनिकहरुलाई फूलमाला लगाएर बिदा गरिएको थियो । उनीहरु हाँस्दै फर्केका थिए । त्यति मात्र होइन नेपालको कुटनीतिक र राजाहरुको कुटनीतिक प्रयासलाई सम्मान समेत गरेका थिए ।

भारतले पिथौरागढबाट लिपुलेकसम्म सडक पनि बनायो । मानसरोवर जानका लागि । यो सडक अहिले सञ्चालनमा छ । भने त्यहाँबाट कैलाश मानसरोवर भारतीय नागरिक गइरहेका छन् । यसलाई सहजीकरण गर्न अहिले भारत–चीनले लिपुलेकलाई व्यापारिक सडक बनाउन सम्झौता गरे ।

२०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको सहमतिमा पनि नेपाललाई बेवास्ता गरिएको थियो। अहिले फेरि उही गल्ती दोहोरिएको छ । भारतले नेपालसँग कुनै सहमति नगरी लिपुलेकलाई चीनसँग व्यापारिक मार्गका रूपमा प्रयोग गर्दै आएको छ ।

नेपालको कमजोरी के भयो भने भारतले हाम्रो लालपुर्जा भएको जमिनमा २०१३ देखि सडक बनाउन थालेको हो । तर, नेपालले विरोध गरेन । यसको पत्तो समेत पाइन । नेपालका राजदूत दिल्लीमा पनि बसेका छन्, बेइजिङमा पनि बसेका छन् । यी दुवै दूतावासले समेत सुईको समेत पाएन । उनीहरुले अहिलेपनि थाहा पाएको होइन । भारत र चीनका सञ्चारमाध्यमा समाचार आएपनि हल्ला भएको थियो ।

दुवै देशमा रहेका राजदूतले भारत र चीनबीच हाम्रो भूमि लिपुलेकमा व्यापार वाणिज्य अभिवृद्धि सन्धि हुँदैछ भन्ने सुइँको पाएनन्। त्यो थाहा भएको भए नेपालले चीनलाई अनुरोध गर्दा सम्झौता रोकिन सक्थ्यो । केही मात्रमा कुटनीतिक तहमा छलफल गर्ने बाटो समेत खुल्थ्यो ।

२०१९ मा सडक बनाइसकेपछि नक्सा पनि बनायो, तब मात्रै विरोध ग¥यो। अर्को कुरा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा चीन भ्रमण गर्दा यी दुई देशबीच लिपुलेक हुँदै व्यापार मार्ग विस्तार गर्ने सम्झौता भयो । यसबारे पनि नेपालले कुनै सुइँको पाएन ।

सन् १८२७, १८५६, १८७९, १९०४ र १९४७ का ब्रिटिश र भारतीय नक्सामा लिम्पियाधुरासम्मको भूभाग नेपालकै देखाइएको छ। यी नक्सा आफैँमा ऐतिहासिक प्रमाण हुन् ।

यस्तै सन् १८५६ मा भारतको सर्भे अफ इण्यिडयाले प्रकाशन गरेको नक्सामा पनि कालापानी र लिपुलेकलाई नेपालकै भूभागमा देखाइएको छ । यी नक्साले भारत सरकार आफैँले पनि एक समय लिम्पियाधुरालाई नै महाकालीको उद्गम मान्दथ्यो भन्ने पुष्टि गर्छन् ।

भिडियो रिपोर्टः