Close

Recent Posts

आज पनि निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

आज पनि निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन
  • ६ भाद्र २०८२, शुक्रबार १५:५०

काठमाडौं– विद्यालय शिक्षा विधेयकमा समेटिएका केही प्रावधानप्रति असन्तुष्ट जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । स्कुल बसमा कालो झण्डा र ब्यानरसहित चक्रपथ परिक्रमापछि उनीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् ।

mulpatra

उनीहरुले ११ बुँदे नारा तय गरेर प्लेकार्ड सहित प्रदर्शन गरेका छन् । यसअघि बिहीबार पनि निजी विद्यालय सञ्चालकहरू माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

गुणस्तरीय शिक्षा — निजी विद्यालयको प्रतिवद्धता, पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मार्न पाइँदैन, निजी विद्यालयको योगदान — मजबुत अर्थतन्त्रको निर्माण, बालमैत्री शिक्षा — नेपाली जनताको अपेक्षा, समयमै शिक्षाको विकास — राष्ट्रनिर्माणको आधार, अभिभावकको पहिलो रोजाइ — निजी विद्यालयको पढाइ, हाम्रो सपना स्वदेशमै (उज्यालो भविष्य बालबालिकामै, गैर–नाफामूलक चाहिँदैन, कम्पनी हटाउन पाइँदैन, श्रम, लगानी र योगदान — निजी विद्यालयको सम्मान, हामी चाहन्छौं समान अवसर — बाध्यता होइन अधिकार, शिक्षा नीति सुधार गर — निजी विद्यालयको सम्मान गर जस्ता विषय प्रमुख मुद्धा रहेको प्याप्सनका सदस्य प्रज्वल कोइरालाले बताएको छन् ।

निजी विद्यालयले अति विपन्न र गरिबलाई ३ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रस्ताव प्रतिनिभिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकले पारित गरेको छ । तर, निजी विद्यालय सञ्चालकहरू पूर्ण छात्रवृत्ति दिने पक्षमा छैनन् ।