Close

Recent Posts

अर्थमन्त्री पौडेललाई सुन व्यवसायीले विलासी कर हटाउन बाध्य बनाए

अर्थमन्त्री पौडेललाई सुन व्यवसायीले विलासी कर हटाउन बाध्य बनाए
  • ६ भाद्र २०८२, शुक्रबार १६:२७

काठमाडौं– अर्थमन्त्री पौडेलले सुनमा लाग्ने विलासी कर हटाएका छन् । आर्थिक ऐन, २०८२ को अनुसूची–४ को बुँदा नं. १ को (ग) मा सुन तथा सुनका गरगहनाको बिक्री मूल्यमा दुई प्रतिशत विलासिता शुल्क लगाई असुल गरिने व्यवस्था थियो ।

mulpatra

मन्त्री पौडेलले सुन व्यवसायीलाई गलाएर सम्झौता गरेका हुन् । आर्थिक ऐन २०८२ ले सुन व्यवसायीहरुलाई कुल कारोबार मा नै २ प्रतिशत विलासी शुल्क लगाउने व्यवस्था गरेको थियो । अब सो करलाई पुर्ण रुपमा छुट गरेको छ । सो व्यवस्था परिमार्जन गरेर व्यवसायीबाट सर्वसाधारणबाट व्यवसायी हुने कारोबारमा लाग्ने कर छुन गर्ने व्यवस्था गरेको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देक मदन दाहालले दोहोरो कर हटाउनका लागि कर दर परिमार्जन गरेको बताए । महानिर्देशक दाहालले सिंहदबारसँग भने, “सुन व्यवसायीका लागि बनेको वार्ता कमिटिमा दोहोरो पर्न सक्ने करलाई हटाउने सहमति अनुसार व्यवसायीबाट व्यवसायीमा हुने कारोबार र सर्वसाधारणबाट व्यवसायमा हुने कारोबारमा कर छुट हुने व्यवस्था गरेको हो ।”

महानिर्देशक दाहालले दोहोरो करको समस्या समाधान गरेको भनेता पनि यसले सुन कारोबारमा लुप होल छाडेको छ । अब सुन व्यवसायीलाई सुन किन्नेलाई नै बेचेको बनाएर बिल बनाउन सक्ने लुप होल प्राप्त भएको छ ।

यसैगरी, अन्तःशुल्क ऐन, २०५८ को द्रष्टव्यको बुँदा नं. ९ परिमार्जन गरेको छ । स्वदेशमा उत्पादन हुने शीर्षक २२.०४ र २२.०५ मा पर्ने वाइन र अङ्गुर बाहेकका अन्य फलफूल (किसमिस लगायतका सुख्खा फल, ग्रेप जुस कन्सेन्ट्रेट, वा फ्रुट जुस कन्सेन्ट्रेट बाहेक) बाट उत्पादन हुने उपशीर्षक २२०६.००.९० मा पर्ने वाइनमा पैंतिस प्रतिशत छुट हुनेछ । यो व्यवस्थालाई परिमार्जन गर्दै  किसमिसलगायतका सुख्खा फल, ग्रेप कन्सेन्ट्रेट, वा फ्रुट जुस कन्सेन्ट्रेटबाट उत्पादन हुने उपशीर्षक २२०६.००.९० मा पर्ने वाइनमा लाग्ने अन्तःशुल्कमा पैतिस (३५%) प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।

अन्तःशुल्क ऐन, २०५८ को अनुसूची भन्सार उपशीर्षक ३९२३.३०.९० अन्तर्गत पर्ने अन्य कार्बोइहरु, बवतलहरु फ्लास्कहरु र त्यस्तै सामानहरुमा अन्तशुल्क १५ प्रतिशत रहेको । यो व्यवस्थालाई परिमार्जन गर्दै  भन्सार उपशीर्षक ३९२३.३०.९० अन्तर्गत पर्ने अन्य कार्बोइहरू, बोतलहरू फ्लास्कहरू र त्यस्तै सामानहरूको आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्कमा पूर्ण रूपमा छुट प्रदान गर्ने  निर्णय भएको छ ।

भन्सार महसुल ऐन, २०८१ अनुसूची ३ भन्सार उपशीर्षक ४४२१.९१.२० अन्तर्गत पर्ने बाँसको मसला नहालेको को सलाईको काँटी (मैच स्प्लिण्ट्स) र ४४२१.९९.२० अन्तर्गत पर्ने अन्य मसला नहालेको सलाईको काँटी (मैच स्प्लिट्स) मा भन्सार महसुल दर ५% रहेको । यो व्यवस्थालाई परिमार्जन गर्दै भन्सार उपशीर्षक ४४२१.९१.२० अन्तर्गत पर्ने बाँसको मसला नहालेको सलाईको काँटी (मैच स्प्लिट्स) र ४४२१.९९.२० अन्तर्गत पर्ने अन्य मसला नहालेको सलाईको काँटी (मैच स्प्लिण्ट्स) मा भन्सार महसुल दर वृद्धि गरी १५% कायम गर्ने निर्णय गरेको छ ।