विप्लव निवासमा पुगे प्रचण्ड
काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ ।

विप्लवलाई भेट्न प्रचण्ड सोमबार बिहान उनकै हरिसिद्धिस्थित निवासमै पुगेका छन् । प्रचण्ड र विप्लवबीच विभिन्न राजनीतिक विषयमा आधाघण्टा भन्दा धेरै छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
विप्लवले प्रचण्डलाई फूल दिएर घरमा स्वागत गरेका थिए। पछिल्लो समय दुई दलबीच एकताको चर्चा छ। माओवादीले एकताका लागि प्रयत्न गरेको छ भने विप्लव नेकपा तत्काल एकता नगर्ने पक्षमा उभिएको छ ।
![]() |
![]() |
![]() |
|---|
यसअघि माओवादीका दोस्रो स्तरका नेताहरूले पनि विप्लवलाई भेटेका थिए। विप्लवले उनीहरूको कुरालाई अमानेपछि आज प्रचण्ड आफै विप्लव भेट्न पुगेको स्रोतको दाबी छ ।



