विप्लव निवासमा प्रचण्डले ४० मिनेट गफ गरेर चिया पिएर निस्किए

विप्लव निवासमा प्रचण्डले ४० मिनेट गफ गरेर चिया पिएर निस्किए
  • ९ भाद्र २०८२, सोमबार १३:०५

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच आज बिहान भेटवार्ता भएको छ ।

mulpatra

प्रचण्ड र विप्लवबीच विभिन्न राजनीतिक विषयमा झण्डै ४० मिनेट कुराकानी भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। उनले यो भेटघाटको कार्यक्रम आज बिहान आकस्मिक रुपमा बनेको बताए । विप्लवलाई भेट्न प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित विप्लवकै निवासमा पुगेका हुन् ।

उनले दुई नेताबीचको भेटमा पार्टी एकताको सन्दर्भमा पनि सकारात्मक कुराकानी भएको बताए । ‘हामीले विप्लवको समयको विषयमा बुझ्यौँ। उताबाट ‘आज त्यस्तो कुनै कार्यक्रम छैन, उहाँ घरमै हुनुहुन्छ। आउँदा हुन्छ’ भन्ने जवाफ आएपछि भेट्न गएका हौँ।’ ‘बिहान अध्यक्षले विप्लवलाई भेट्ने इच्छा व्यक्त गरेपछि यो भेटघाट तय भएको हो,’

mulpatra mulpatra mulpatra

समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा पनि उनीहरूबीच छलफल भएको छ। विप्लवसँग प्रचण्डले झण्डै चालिस मिनेट बिताएका छन्। प्रचण्ड आफ्नो निवासमा आइपुग्दा विप्लवले स्वागत गर्दै बैठक कोठामा लगेर आफू बस्ने सोफामा बसाएका थिए। जहाँ उनीहरूले सँगै चिया खाए। ‘उहाँहरूले सँगै चिया खानुभयो भएको भनाइ छ ।

निवासबाट फर्किने क्रममा प्रचण्डले विप्लवले गरेको धान खेतीको पनि अवलोकन गरेका छन्। धानखेती अवलोकनपछि प्रचण्डले उत्पादनसँग जोडिएको भन्दै विप्लवको प्रशंसा गरेका थिए।

विप्लव नेतृत्वको नेकपाले देशका विभिन्न ठाउँमा सामूहिक खेतीसहितका उत्पादनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Image Source: © https://mulpatra.com