एमाले विधान महाधिवेशनको नारा– निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, बैठक स्थगित
काठमाडौं– नेकपा एमालेले विधान महाधिवेशनको नारा तय गरेको छ । विधान महाधिवेशनको नारा, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ निर्धारण गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशन हुँदै छ । विधान संशोधनका लागि अहिले एमालेले तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो ।
दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुनेछ। महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ ।
![]() |
![]() |
![]() |
|---|
विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक तोकिएको थियो । तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । आजसम्म सुझावहरु पठाउने डेडलाइन नै छ । ती सुझावहरुलाई मिलाउन समय लाग्ने उनको भनाइ छ ।



