Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

दशैंमा १ हजार ३ सय ४७ खसीबोका र च्यांग्रा खरिद गर्दैै सरकार, ४ करोड ७७ लाख छुटाइयो

दशैंमा १ हजार ३ सय ४७ खसीबोका र च्यांग्रा खरिद गर्दैै सरकार, ४ करोड ७७ लाख छुटाइयो
  • ११ भाद्र २०८२, बुधबार ०७:०५

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंमा १ हजार ३ सय ४७ खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको हो । दशैंका लागि ४ करोड ७७ लाखका खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

mulpatra

१ हजार १ सय ९९ खसीबोका र १ सय ४८ वटा च्यांग्रा ल्याउने कम्पनीको आन्तरिक निर्णय भएको छ । खसीबोका खरिद गर्न ३ करोड रुपैयाँ र च्यांग्रा खरिदका लागि १ करोड ७७ लाख रुपैयाँ बजेट छुट्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए । उनका अनुसार कम्पनीले सोही कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष पनि खसीबोका र च्यांग्रा खरिद गर्ने हो ।

विगतमा जस्तो खसीबोका बिक्री नभएर लामो समय नरहने अपेक्षा कम्पनीको छ । कम्पनीले आवश्यकता अनुसार खसीबोका थप गर्न सक्ने उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

दशैंको समयमा खसीबोकाको माग बढ्ने हुँदा बजार मूल्य नियन्त्रण गर्ने उद्देश्यले कम्पनीले रहेक वर्ष विभिन्न जिल्लाबाट खसीबोका र च्यांग्रा संकलन गरी काठमाडौंमा बिक्री गर्दै आएको छ । गत वर्षभन्दा कम्पनीले यसपटक कम खसीबोका र च्यांग्रा ल्याउन लागेको छ । समयमा सबै खसीबोका बिक्री नभएपछि यो वर्ष संख्या घटाउन लागेको हो ।

कम्पनीले १ हजार ४ सय खसीबोका र ३ सय च्यांग्रा विभिन्न जिल्लाबाट खरिद गरी खाद्य कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री गरेको थियो । गत वर्ष कम्पनीले खसीबोकाको मूल्य १० रुपैयाँ छुट दिएर प्रतिकिलो ६६० रुपैयाँ तोकेको थियो भने च्यांग्रामा पनि १० रुपैयाँ छुट थियो । च्यांग्राको मूल्य प्रतिकिलो १ हजार २ सय २० रुपैयाँ तोकिएको थियो ।