Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मोरङ कारागारको शौचालयमा एक महिला कैदी भेटिइन्

मोरङ कारागारको शौचालयमा एक महिला कैदी भेटिइन्
  • ११ भाद्र २०८२, बुधबार १०:४१

विराटनगर – जिल्ला कारागार मोरङको शौचालयमा महिला कैदीको शव फेला परेको छ । जेलर गौरव ढुंगेलका अनुसार उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो ।

mulpatra

बुधबार बिहान महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव फेला परेको हो ।

भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् । उनी र एक सन्तानको उद्धार भएको थियो । एक सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्यज्यान मुद्दा चलेको थियो ।

mulpatra mulpatra mulpatra

२०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा रहेकी उनलाई जिल्ला अदालत सुनसरीले २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजायँ सुनाएको थियो । उनको मृत्युको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।