Close

Recent Posts

भारतीय २,५ सय र २ हजारका नोट नेपालमा ओसार–पसार र कारोबारमा रोक

भारतीय २,५ सय र २ हजारका नोट नेपालमा ओसार–पसार र कारोबारमा रोक
  • ११ भाद्र २०८२, बुधबार १३:२९

काठमाडौं– नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने व्यवस्थालाई पुनःस्मरण गराएको छ ।

mulpatra

राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५,००० सम्म (भारतीय रुपैयाँको हकमा सो बराबर रकम, र अन्य विदेशी मुद्रामा समेत अमेरिकी डलर ५,००० बराबर) भन्सार घोषणा विना नेपालमा ल्याउन सक्ने व्यवस्था छ । तर, सो भन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भन्सारमा घोषणा गरी प्रमाणित गर्नुपर्ने हुन्छ ।

यसअघि नै बैंकले मिति २०७५÷०३÷३२ र २०७५÷१२÷२६ मा सूचना प्रकाशित गरिसकेको भए पनि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ अनुसार यसपटक फेरि पुनः प्रकाशन गरिएको हो ।

यस्तै, सन् २०१६ नोभेम्बर ९ भन्दा अघि प्रचलनमा रहेका भारतीय रुपैयाँ ५०० र १००० का नोट अब कारोबार गर्न नपाइने र हाल चलनमा रहेका भारतीय रुपैयाँ २००, ५०० र २००० का नोट पनि नेपाल भित्र्याउन, ओसार–पसार गर्न वा कारोबार गर्न प्रतिबन्धित रहेको बैंकले स्पष्ट पारेको छ ।

साथै, नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा ल्याउन नपाइने व्यवस्था पनि यथावत् रहेको राष्ट्र बैंकले स्मरण गराएको छ ।