Close

Recent Posts

भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकहरूको चेतावनी

भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकहरूको चेतावनी
  • १२ भाद्र २०८२, बिहीबार १४:४५

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रावधानविरुद्ध आन्दोलनमा रहेका निजी विद्यालय सञ्चालक संस्थाहरूले भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

mulpatra

प्याब्सन, नेसनल प्याब्सन, हिसान र अपेनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना मागको सुनुवाइ नभएसम्म विद्यालय सञ्चालन गर्न नसकिने स्पष्ट पारेका हुन्।

यी संगठनहरूले विशेष गरी शिक्षा विधेयकमा राखिएको विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थी संख्याका आधारमा १० देखि १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था प्रति आपत्ति जनाएका छन्।

mulpatra mulpatra mulpatra

‘सरकारले हाम्रो आवाजलाई गम्भीरतापूर्वक नलिएको खण्डमा १८ गतेदेखि अनिश्चितकालका लागि विद्यालय बन्द गर्न बाध्य हुनेछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि बुधबार प्याब्सन र नेसनल प्याब्सनले पत्रकार सम्मेलन गरेर भदौ ८ गतेसम्म माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम कडा बनाउने चेतावनी दिएका थिए।

निजी विद्यालय सञ्चालकहरूले उठाएका प्रमुख मागहरूमा पूर्ण छात्रवृत्ति सम्बन्धी प्रावधान खारेज, विद्यालयहरूलाई गैरनाफामूलक बनाउन खोज्ने व्यवस्था हटाउने, विद्यालयमा पोशाक, स्टेशनरी, खाना वा अन्य उत्पादन नहुने सामग्री उपलब्ध गराउनुपर्ने दायित्व हटाउने लगायतका विषय रहेका छन्।

Image Source: © https://mulpatra.com

त्यस्तै, छात्रवृत्ति वितरणमा विद्यालयलाई नै प्रमुख अधिकार दिनुपर्ने र यससम्बन्धी विभेदकारी कानुनी प्रावधान खारेज गर्नुपर्ने उनीहरूको अडान छ।

विज्ञप्तीः