फेरी बढ्यो अण्डाको मूल्य

फेरी बढ्यो अण्डाको मूल्य
  • १२ भाद्र २०८२, बिहीबार १७:००

काठमाडौं– नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि वृद्धि गरेको छ । संघको कार्यकारिणी समितिको निर्णयअनुसार नयाँ दर भदौ १५ गतेदेखि लागू हुनेछ ।

mulpatra

संघले तोकेको नयाँ मूल्यअनुसार अब फार्मबाट होलसेल मूल्यमा ठूलो अण्डाको प्रति क्रेट ५४५ रुपैयाँ, मध्यम अण्डा ५३० रुपैयाँ र सानो अण्डा प्रति पेटी ३,००० रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ताका लागि नयाँ खुद्रा मूल्य प्रति गोटा २३ रुपैयाँ र २ गोटाको ४५ रुपैयाँ तोकिएको छ । यसअघि भदौ ४ गतेमात्रै अण्डाको मूल्य समायोजन गरी ठूलो अण्डाको क्रेट मूल्य ५३० रुपैयाँ र मध्यम अण्डाको ५१५ रुपैयाँ तोकिएको थियो ।

संघले चितवनबाट अण्डा बिक्री डिपोहरूमा लोड गरेर पठाउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ अतिरिक्त खर्च लाग्ने जानकारी पनि दिएको छ ।