Close

कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारी घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रिन नेतृत्वमा तस्करको बेग्लै टिम

कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारी घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रिन नेतृत्वमा तस्करको बेग्लै टिम
  • १४ भाद्र २०८२, शनिबार १३:१५

काठमाडौं– घरेलु रोजगारीमा नेपाली कामदार खाडी र मलेसिया पठाउन सरकारले प्रतिबन्ध लगाएको छ । तर प्रतिबन्धित देश कुवेत घरेलु रोजगारीमा ६५ हजार नेपाली महिला कार्यरत रहेको अनुमान सरकारको छ । कुवेतमा घरेलु रोजगारीमा ६५ हजार महिला कार्यरत रहेको भनिएपनि यसको तथ्यांक सरकारसँग छैन ।

mulpatra

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार कुवेतमा हाल करिब १ लाख ७० हजार नेपाली छन् । तीमध्ये झन्डै ६५ हजार घरेलु कामदार छन् भने बाँकी विभिन्न कम्पनीमा कार्यरत छन् ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)कै पदाधिकारी नै घरेलु रोजगारीमा नेपाली महिला तस्करीमा संलग्न रहेको भन्दै एनआरएनए तीन टुक्रा भएको छ । कुवेत एनआरएनए महेश श्रेष्ठकै नेतृत्वको २ टुक्रा भयो । युवक राईको नेतृत्वमा एउटा टिम बन्यो । उनीहरुले घरेलु रोजगारीमा तस्करी संलग्न रहेको भन्दै राईले विद्रोह गरेर बेग्लै टिम बनाएका छन् ।

mulpatra mulpatra mulpatra

कुवेतमा श्रेष्ठको टिममा एउटै एनआरएनए बन्ने कुरा थियो । घरेलु रोजगारीमा तस्करी संलग्न भएपछि टिम फुटेको हो । भने दिल कुमार पाख्रिनको अर्को टिम बन्यो । दिल पाख्रिनको श्रीमति घरेलु रोजगारीमा महिला कामदार लैजाने कुवेतमा कार्यालय खोलेर बसेकी छिन् । उनकै आडमा श्रीमति नेपालबाट घरेलु रोजगारीमा महिला कामदार लैजाने गरेकी छिन् ।

दिल बहादुर पाख्रिनकी श्रमिति

विकास सिंह ठाकुरीको नेतृत्वमा बद्री केसीको अर्को टिम छ । यस टिमभित्र पनि घरेलु रोजगारीमा महिला तस्करीमा संलग्न केही व्यक्ति छन् । उनीहरुले नेपालबाट घरेलु रोजगारीमा महिला कामदार लैजाने गरेको छ ।

Image Source: © https://mulpatra.com

यस्तै, कुवेत एनआरएनएन वरिष्ठ उपाध्यक्ष दामोदार बटाला घरेलु रोजगारीमा महिला कामदार ओसारपसार र तस्करीमा संलग्न छ । उनले कुवेतमा रक्सी उत्पादन गरी नेपाली कामदारलाई बिक्री गराएर कानुनी झमेलामा समेत पार्ने गरेको कुवेतमा कार्यरत एक महिला कामदारले जानकारी दिइन् । बटालाले कुवेतमा घरेलु रोजगारीमा लगेको कतिपय महिलालाई यौन शोषण समेत गर्ने गरेको ती हमहिला कामदारको आरोप छ ।

रातो घेरा लगाइएको व्यक्ति घरेलु रोजगारी तस्करीमा संलग्न

यस्तै एनआरएनकै प्रवक्ता हर्क मोक्तान समेत घरेलु रोजगारीमा नेपाली महिला तस्करीमा संलग्न रहेको पाइएको छ । उनले कुवेतमा रहेको विभिन्न तस्करको सञ्जालसँग संगत गरी घरेलु रोजगारीमा नेपाली महिला लैजाने गरेका छन् । उनकी श्रमिती पनि घरेलु महिला रोजगारीमा कुवेत लैजान संलग्न रहेको एनआरएनएकै पदाधिकारीहरु बताउँछन् ।

मोक्तानका बारेमा महिलाले गरेको गुनासो

एनआरएनए कुवेतकी महिला उपाध्यक्ष रमिता तामाङले गैरकानुनी बाटो हुँदै एक नेपाली महिलालाई कुवेत पु¥याएको खुलासा भएको छ ।

सल्यान कपुरकोट गाउँपालिका–४ गाडापानी घर भएकी ती महिलालाई एनआरएनए कुवेतकी महिला उपाध्यक्ष तामाङले गैरकानुनी बाटो प्रयोग गर्दै एक कुवेती नागरिकको घरमा घरेलु कामदारका रूपमा काम लगाएको पाइएको हो । आफू समस्यामा परेपछि ती महिलाले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेपछि सो तथ्य बाहिरिएको हो ।

महिला कामदार समस्यामा परेका छन् । मूलपत्रको सम्र्पक आएकी एक महिला घरेलु कामदारले आफूहरू दूतावासकै कारण थप पीडित भएको जानकारी दिए । कुवेतमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)का प्राय सबै पदाधिकारी नेपालबाट घरेलु रोजगारीमा महिला तस्करीमा संलग्न छन् ।

ती पीडित महिलाको अनुसार कुवेतमा त महिलालाई पसलमा समान किने जस्तो छानी–छानी बिक्री गरिन्छ । कुवेतमा विदेशी महिला बेच्ने गोदाम देख्दा छक्क परे । त्यहाँ विदेशी महिलामाथि चरम शोषण भइरहेको छ । जसमा नेपाली एनआरएनएकै पदाधिकारीले महिला लैजाने काम गरिरहेको उनको आरोप छ ।

पीडितले अन्याय सहेर फर्कन बाध्य हुन्छन् । घरेलु काममा महिलाको जीउ र पिंडुँला हेरेर लैजाने गरेको देखे । यसमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)का यी दुई पदाधिकारी सलंग्न रहेको उनको दाबी छ ।

अहिले सरकारले केही सिमित मिडियाको प्रयोग गरी व्यवस्थापन र सुरक्षाका लागि नीति नबनाइ तस्करहरुसँग मिलेर आर्थिक चलखेलमा परी घरेलु रोजगारी खुलाउन लागि परेको छ । यसमा महेश श्रेष्ठकै मध्येपुर्वका टिमका केही नेता लागि परेका छन् ।

अवैध ढंगले कुवेत पुगेका कतिपय महिला कामदार विभिन्न कारण समस्यामा पर्ने गरेको र त्यहाँ नेपाली महिला कामदार खसीबोका जस्तो बिक्रि हुने गरेको पत्रकार अनिल अधिकारी गत महिला मूलपत्रसँगको एक अन्तरर्वार्तामा बताएका थिए ।

उनले खाडी देश र मलेसिया घरेलु रोजगारीमा गएका नेपाली महिला कामदारमाथि चरम आर्थिक, मानसिक र शारीरिक शोषण हुने गरेको भन्दै रोक लगाइएपनि अहिले नेपाली महिला कामदार घरेलु रोजगारीमा ती देश लैजाने गरेको बताए । ‘सरकारको कमजोर नियमनका कारण मानव तस्करीको जालोमा परेर नेपाली महिला घरेलु श्रमिक (हाउसमेड) का लागि खाडी मुलुक जाने क्रम निरन्तर बढिरहेको छ ।’ उनले भने ।

घर मालिकको मानसिक तथा शारीरिक यातना, यौनजन्य गतिविधि गर्ने जस्ता कारणले नेपाली महिलाले कुवेतमा आत्महत्या गर्ने गरेको उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरू र बिचौलियाहरूको मिलेमतोमा नक्कली श्रम स्वीकृति, प्रहरी रिपोर्ट र अन्य कागजातहरू प्रयोग गरी नेपाली नागरिकहरूलाई भिजिट भिसामा विदेश पठाउने काम भइरहेको छ । यसरी भिजिट भिसामा गएका धेरै महिला कुवेतको घरेलु रोजगारीमा तस्करले पुराउने गरेका छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७३ चैत २० मा घरेलु कामदारलाई खाडी मुलुक जान पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो । तर संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान, इराकमा घरेलु श्रमिकका रूपमा काम गर्न नेपाली महिला जाने क्रम रोकिएको छैन ।

नेपालबाट युएई, ओमन, कुवेत साउदी बहराइनलगायतका विभिन्न शहरमा रोजगारीको प्रलोभन देखाएर दलालले महिलाको तस्करी गरिरहेका छन् । तर, यी देशमा भनेर लगिएका नेपाली महिलालाई द्वन्द्वग्रस्त देशमा घरेलु काममा पुराउन गरिएको उद्धार गरी स्वदेश फर्किएका पीडितले सम्बन्धीत निकायसँग बताउने गरेको छ ।