कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारी घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रिन नेतृत्वमा तस्करको बेग्लै टिम

काठमाडौं– घरेलु रोजगारीमा नेपाली कामदार खाडी र मलेसिया पठाउन सरकारले प्रतिबन्ध लगाएको छ । तर प्रतिबन्धित देश कुवेत घरेलु रोजगारीमा ६५ हजार नेपाली महिला कार्यरत रहेको अनुमान सरकारको छ । कुवेतमा घरेलु रोजगारीमा ६५ हजार महिला कार्यरत रहेको भनिएपनि यसको तथ्यांक सरकारसँग छैन ।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार कुवेतमा हाल करिब १ लाख ७० हजार नेपाली छन् । तीमध्ये झन्डै ६५ हजार घरेलु कामदार छन् भने बाँकी विभिन्न कम्पनीमा कार्यरत छन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)कै पदाधिकारी नै घरेलु रोजगारीमा नेपाली महिला तस्करीमा संलग्न रहेको भन्दै एनआरएनए तीन टुक्रा भएको छ । कुवेत एनआरएनए महेश श्रेष्ठकै नेतृत्वको २ टुक्रा भयो । युवक राईको नेतृत्वमा एउटा टिम बन्यो । उनीहरुले घरेलु रोजगारीमा तस्करी संलग्न रहेको भन्दै राईले विद्रोह गरेर बेग्लै टिम बनाएका छन् ।
कुवेतमा श्रेष्ठको टिममा एउटै एनआरएनए बन्ने कुरा थियो । घरेलु रोजगारीमा तस्करी संलग्न भएपछि टिम फुटेको हो । भने दिल कुमार पाख्रिनको अर्को टिम बन्यो । दिल पाख्रिनको श्रीमति घरेलु रोजगारीमा महिला कामदार लैजाने कुवेतमा कार्यालय खोलेर बसेकी छिन् । उनकै आडमा श्रीमति नेपालबाट घरेलु रोजगारीमा महिला कामदार लैजाने गरेकी छिन् ।
दिल बहादुर पाख्रिनकी श्रमिति

विकास सिंह ठाकुरीको नेतृत्वमा बद्री केसीको अर्को टिम छ । यस टिमभित्र पनि घरेलु रोजगारीमा महिला तस्करीमा संलग्न केही व्यक्ति छन् । उनीहरुले नेपालबाट घरेलु रोजगारीमा महिला कामदार लैजाने गरेको छ ।
यस्तै, कुवेत एनआरएनएन वरिष्ठ उपाध्यक्ष दामोदार बटाला घरेलु रोजगारीमा महिला कामदार ओसारपसार र तस्करीमा संलग्न छ । उनले कुवेतमा रक्सी उत्पादन गरी नेपाली कामदारलाई बिक्री गराएर कानुनी झमेलामा समेत पार्ने गरेको कुवेतमा कार्यरत एक महिला कामदारले जानकारी दिइन् । बटालाले कुवेतमा घरेलु रोजगारीमा लगेको कतिपय महिलालाई यौन शोषण समेत गर्ने गरेको ती हमहिला कामदारको आरोप छ ।
रातो घेरा लगाइएको व्यक्ति घरेलु रोजगारी तस्करीमा संलग्न

यस्तै एनआरएनकै प्रवक्ता हर्क मोक्तान समेत घरेलु रोजगारीमा नेपाली महिला तस्करीमा संलग्न रहेको पाइएको छ । उनले कुवेतमा रहेको विभिन्न तस्करको सञ्जालसँग संगत गरी घरेलु रोजगारीमा नेपाली महिला लैजाने गरेका छन् । उनकी श्रमिती पनि घरेलु महिला रोजगारीमा कुवेत लैजान संलग्न रहेको एनआरएनएकै पदाधिकारीहरु बताउँछन् ।
मोक्तानका बारेमा महिलाले गरेको गुनासो



एनआरएनए कुवेतकी महिला उपाध्यक्ष रमिता तामाङले गैरकानुनी बाटो हुँदै एक नेपाली महिलालाई कुवेत पु¥याएको खुलासा भएको छ ।
सल्यान कपुरकोट गाउँपालिका–४ गाडापानी घर भएकी ती महिलालाई एनआरएनए कुवेतकी महिला उपाध्यक्ष तामाङले गैरकानुनी बाटो प्रयोग गर्दै एक कुवेती नागरिकको घरमा घरेलु कामदारका रूपमा काम लगाएको पाइएको हो । आफू समस्यामा परेपछि ती महिलाले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेपछि सो तथ्य बाहिरिएको हो ।
महिला कामदार समस्यामा परेका छन् । मूलपत्रको सम्र्पक आएकी एक महिला घरेलु कामदारले आफूहरू दूतावासकै कारण थप पीडित भएको जानकारी दिए । कुवेतमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)का प्राय सबै पदाधिकारी नेपालबाट घरेलु रोजगारीमा महिला तस्करीमा संलग्न छन् ।
ती पीडित महिलाको अनुसार कुवेतमा त महिलालाई पसलमा समान किने जस्तो छानी–छानी बिक्री गरिन्छ । कुवेतमा विदेशी महिला बेच्ने गोदाम देख्दा छक्क परे । त्यहाँ विदेशी महिलामाथि चरम शोषण भइरहेको छ । जसमा नेपाली एनआरएनएकै पदाधिकारीले महिला लैजाने काम गरिरहेको उनको आरोप छ ।
पीडितले अन्याय सहेर फर्कन बाध्य हुन्छन् । घरेलु काममा महिलाको जीउ र पिंडुँला हेरेर लैजाने गरेको देखे । यसमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)का यी दुई पदाधिकारी सलंग्न रहेको उनको दाबी छ ।
अहिले सरकारले केही सिमित मिडियाको प्रयोग गरी व्यवस्थापन र सुरक्षाका लागि नीति नबनाइ तस्करहरुसँग मिलेर आर्थिक चलखेलमा परी घरेलु रोजगारी खुलाउन लागि परेको छ । यसमा महेश श्रेष्ठकै मध्येपुर्वका टिमका केही नेता लागि परेका छन् ।
अवैध ढंगले कुवेत पुगेका कतिपय महिला कामदार विभिन्न कारण समस्यामा पर्ने गरेको र त्यहाँ नेपाली महिला कामदार खसीबोका जस्तो बिक्रि हुने गरेको पत्रकार अनिल अधिकारी गत महिला मूलपत्रसँगको एक अन्तरर्वार्तामा बताएका थिए ।
उनले खाडी देश र मलेसिया घरेलु रोजगारीमा गएका नेपाली महिला कामदारमाथि चरम आर्थिक, मानसिक र शारीरिक शोषण हुने गरेको भन्दै रोक लगाइएपनि अहिले नेपाली महिला कामदार घरेलु रोजगारीमा ती देश लैजाने गरेको बताए । ‘सरकारको कमजोर नियमनका कारण मानव तस्करीको जालोमा परेर नेपाली महिला घरेलु श्रमिक (हाउसमेड) का लागि खाडी मुलुक जाने क्रम निरन्तर बढिरहेको छ ।’ उनले भने ।
घर मालिकको मानसिक तथा शारीरिक यातना, यौनजन्य गतिविधि गर्ने जस्ता कारणले नेपाली महिलाले कुवेतमा आत्महत्या गर्ने गरेको उनको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरू र बिचौलियाहरूको मिलेमतोमा नक्कली श्रम स्वीकृति, प्रहरी रिपोर्ट र अन्य कागजातहरू प्रयोग गरी नेपाली नागरिकहरूलाई भिजिट भिसामा विदेश पठाउने काम भइरहेको छ । यसरी भिजिट भिसामा गएका धेरै महिला कुवेतको घरेलु रोजगारीमा तस्करले पुराउने गरेका छन् ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७३ चैत २० मा घरेलु कामदारलाई खाडी मुलुक जान पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो । तर संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान, इराकमा घरेलु श्रमिकका रूपमा काम गर्न नेपाली महिला जाने क्रम रोकिएको छैन ।
नेपालबाट युएई, ओमन, कुवेत साउदी बहराइनलगायतका विभिन्न शहरमा रोजगारीको प्रलोभन देखाएर दलालले महिलाको तस्करी गरिरहेका छन् । तर, यी देशमा भनेर लगिएका नेपाली महिलालाई द्वन्द्वग्रस्त देशमा घरेलु काममा पुराउन गरिएको उद्धार गरी स्वदेश फर्किएका पीडितले सम्बन्धीत निकायसँग बताउने गरेको छ ।