Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

भोजपुरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

भोजपुरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ
  • १३ भाद्र २०८२, शुक्रबार २१:४८

काठमाडौं । भोजपुर जिल्लामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–६ बस्ने २२ वर्षीय सोनुप राई र सोही नगरपालिका–१२ बस्ने २४ वर्षीय रिजन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

mulpatra

उनीहरूलाई मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने भोजपुर नगरपालिका–९ मा प्रहरी टोलीले नियमित सवारीसाधन चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा उनीहरूबाट बाइकको सिट मुनि लुकाई ल्याइरहेको प्लाष्टिकमा राखिएको खैरो रंगको पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक परीक्षणअनुसार उक्त पदार्थ ब्राउन सुगर भएको आशंका गरिएको छ।

प्रहरीका अनुसार तौल गर्दा उक्त पदार्थ २० ग्राम ६०० मिलिग्राम रहेको पाइएको छ। साथै उनीहरूबाट अन्य केही खुला ट्याबलेटहरू समेत बरामद गरिएको छ। बरामद ट्याबलेटको नाम खुलेको छैन तर ती लागुऔषधसम्बन्धी सामग्री नै भएको अनुमान गरिएको प्रहरीको भनाइ छ। यद्यपि विस्तृत परीक्षण र प्राविधिक परीक्षण पश्चात् मात्र ती ट्याबलेट कुन खालको लागुऔषध हुन् भन्ने यकिन हुने प्रहरीले स्पष्ट पारेको छ।

mulpatra mulpatra mulpatra

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुखले बताएअनुसार पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान थालिएको छ। बरामद गरिएको पदार्थलाई परीक्षणको तयारी भइरहेको र घटना सम्बन्धी थप अनुसन्धान अघि बढाइने पनि प्रहरीको भनाइ छ।