ऋद्धनाथी गिरीबन्धु सेवा समाज काठमाडौंको दोस्रो साधारण सभामा दशनामी एकताका लागि जोड (फोटो फिचर)

ऋद्धनाथी गिरीबन्धु सेवा समाज काठमाडौंको दोस्रो साधारण सभामा दशनामी एकताका लागि जोड (फोटो फिचर)
  • १४ भाद्र २०८२, शनिबार १३:१२

काठमाडौं– ऋद्धनाथी गिरीबन्धु सेवा समाज, काठमाडौंले आफ्नो दोस्रो साधारण सभा भएको छ । समाजको सभामा बोल्ने अधिकांश वक्ताहरूले देशभर रहेका दशनामीबीच एकता कायम गर्दै सामाजिक, धार्मिक र शैक्षिक क्षेत्रमा संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

mulpatra

वक्ताहरूले संगठनमार्फत दशनामी समुदायलाई सशक्त बनाउन, आपसी सहयोग र साझा पहिचानलाई मजबुत बनाउनुपर्ने सुझावसमेत राखेका थिए ।

साधारणसभाले वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्दै आगामी वर्षका लागि सामाजिक सेवा, शिक्षा र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको समाजले जनाएको छ । कार्यक्रममा समाजका पदाधिकारीहरूले संगठनलाई अझ सबल बनाउन, सदस्यबीच आपसी सद्भाव र सेवा–भावना विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल दशनमी समाजका अध्यक्ष गोविन्द विक्रम गिरीले दशनमी समाजलाई सबल र संगठित बनाउन आफू निरन्तर प्रयत्नशील रहेको बताएका छन् । उनले दशनमी समुदायको शिक्षा, संस्कृति र सामाजिक सेवा क्षेत्रमा सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिँदै सबै दशनामीबीच आपसी एकता र सहकार्य आवश्यक रहेको उल्लेख भुमिका रहेको बताए । ‘नेपाल दशनामी समाजमा कुनै प्रकार विभेद छैन । यो स्वच्छ र दशनामीकै लागि काम गर्ने समाज हो । समाजले आफनो गतिविधि राष्ट्रस्तरमा उठाउँदै दशनामीकै हकहितका लागि काम गरेको छ ।’ उनले भने दशनामीले आफनो पहिचानका लागि सरकारलाई दबाब दिइरहेको उनको भनाइ छ ।

यस्तै, ऋद्धनाथी गिरीबन्धु सेवा समाज, काठमाडौंका अध्यक्ष तीलकराम गिरीले अहिलेको अवस्थामा दशनामीको छुटै पहिचान आवश्यक रहेको बताएका थिए । उनले दशनामी समुदायको छुट्टै पहिचान आवश्यक रहेको र समुदायलाई सबल बनाउन संगठनबद्ध अभियान र साझा परिचयमार्फत मात्र सम्भव हुने बताए । ‘सबै तह–तप्कामा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । यसका लागि सबैभन्दा ठुलो जिम्मेवारी भनेको एकता नै हो । त्यसका लागि सबै दशमानीले एक ठाँउमा आवश्यक छ ।’ उनले भने ।

नेपाल दशनामी समाजका पूर्वअध्यक्ष रुद्र गिरीले दशनामी समुदायले जति सक्दो आफ्नो पहिचानका लागि एकजुट भएर आवाज उठाउनुपर्ने धारणा राखे । उनले कार्यक्रममा बोल्दै सामाजिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा सक्रिय भई मात्र दशनामीको अस्तित्व र पहिचानलाई सबल बनाउन सकिने उल्लेख गरे । यसका लागि सवैभन्दा ठुलो सम्पति भनेको एकता नै भएको उनले बताए ।

यस्तै, ऋद्धनाथी गिरीबन्धु सेवा समाज, काठमाडौंका सचिव लक्ष्मी प्रसाद गिरीले संस्थालाई अघि बढाउन आफू जस्तोसुकै भूमिकामा भए पनि योगदान दिन तयार रहेको बताएका छन् । उनले समाजको लक्ष्य र उद्देश्यलाई पूरा गर्न पद भन्दा ठूलो संगठन भएको उल्लेख गर्दै सबै सदस्यलाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गरे । ‘दशनामीको उत्थानका लागि आफु जस्तोसुकै भुमिका र योगदान गर्छु । यसका लागि आफुले प्रयास पनि गरिरहेको छु । ऋद्धनाथी गिरीबन्धु सेवा समाज, काठमाडौं दशनामी समाज निर्माणका लागि भुमिका निर्वाह गर्ने एउटा पाटो हो । अब सबै मिलेर दशनामी समाजलाई राष्ट्रिय सञ्जालका र राज्यको सबै निकायमा सहभागि हुने बनाउनुपर्छ ।’ उनले भने ।

उनी ऋद्धनाथी गिरीबन्धु सेवा समाज, काठमाडौंका संस्थापक समेत हुन् । ८९ वर्षेयि समाजले धनमाया गिरी र ८३ वर्षेयि पदम कुमारी गिरीलाई सम्मान गरेको छ ।

ऋद्धनाथी गिरीबन्धु सेवा समाज, काठमाडौंले आफनै बचत संस्था समेत चलाएको छ । समाजमा आवद्ध सदस्यहरुले चलाइको यस बचत संस्थाले आर्थिक सहयोग र सदस्यलाई बिरामी अथवा अन्य स्वास्थ्यमा सहयोग समेत गदै आएको छ । ऋद्धनाथी गिरीबन्धु सेवा समाज, काठमाडौंका कोही सदस्य र उनीहरुको आफन्तको मृत्यु भए १५ हजार सहयोग, सदस्यको स्वास्थ्य समस्या भएर अपरेशन गर्नुपरेको १० हजार सहयोग गदै आएको समाजले जनाएको छ ।

दशनामीहरुमा दश ओटा नामहरु पर्दछन् यिनीहरुको आआफ्नै अर्थ छन् । ती यिनै हुन् १. गिरी, २. पुरी, ३. भारती, ४. वन, ५. पर्वत, ६. सागर, ७. सरस्वती, ८. आश्रम, ९. आरण्य, १०. तीर्थ हुन् यिनीहरुको आफ्नै जातीय अर्थ रहेको छ ।

गिरी–हिमालयमा बास गरी गिताको अभ्यास गर्ने निश्चल मन भएको ,पुरीस्( ज्ञानले परिपूर्ण परब्रह्मा प्राप्ति भएको पुरुष ,भारती (विद्याको भार बोकेर सांसारिक दुःख बिर्सने मानिस, वन सांसारिक बन्धनबाट मुक्ति र निर्जन वनमा बस्ने सुन्दर शान्त स्वाभावको मानिस, आश्रम मोहरुपि बन्धनबाट मुक्त र आश्रम नियमादिमा दृढ भई आवागमनदेखि दुर मानिस, आरण्य विश्वलाई त्यागी वनमा नितान्त वनमा रहि आनन्दको भोग गर्ने मानिस ,सरस्वती अमृतरुपि ज्ञानरत्नको ग्रहण गरेको र जनदेवको सांगोपांगो बुझेको पुरुष, पर्वतसारा जगत जानेर निष्फिक्री पर्वतको शिखरमा समाधि धारण गरी बस्ने पुरुष,सागरस् ( समुन्द्रको तिरमा रहि आध्यात्मिक शास्त्रको ज्ञान ग्रहण गर्ने तथा आश्रमको नियम पालना गर्ने पुरुष भनेर भनिएको पाईन्छ । नेपाल दशनामी समाजको बार्षिक बुलेटिन २०७३ अंक १,बर्ष १ पृष्ठ ११,१२,१३ अधिवक्ता खिल गिरी )

नेपालको संविधानमा दशनामीको बारेमा साथै खस आर्यको बारेमा संविधानको धारा १८(३),धारा४२ को उपधारा (१), (२) ,धारा ६७ (३) र धारा १७६ (६) मा उल्लेख गरिएको पाईन्छ । त्यसैगरी संविधानको धारा १८ (३) मा स्पष्टिकरण, धारा ४२ (१) मा विपन्न खस आर्य, धारा १७६ (६) मा स्पष्टिकरणमा खस आर्य भन्नाले क्षेत्री, ब्राह्मण, ठकुरी सन्यासी (दशनामी) समुदाय सम्झनु पर्दछ भनेर लेखिएको पाईन्छ ।