चीनमा रहेका प्रधानमन्त्री ओलीले गरे धान उत्पादन विशेष क्षेत्रको भ्रमण

काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको उनको सचिवालयले जनाएको छ ।
सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि चीन भ्रमणमा छन् । उनले १४ गते नै चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति सीको निमन्त्रणामा चीन भ्रमणमा गएका ओली बुधबारसम्म चीनमा रहेछन् ।