Close

Recent Posts

ताइवान स्वतन्त्रतालाई नेपालकाे अस्वीकार, चीनको ‘ग्लोबल इनिसियटिभ’लाई समर्थन

ताइवान स्वतन्त्रतालाई नेपालकाे अस्वीकार, चीनको ‘ग्लोबल इनिसियटिभ’लाई समर्थन
  • १५ भाद्र २०८२, आईतवार १२:२४

काठमाडौं– नेपालले ‘ताइवान स्वतन्त्रता’लाई अस्वीकार गर्ने र चीनको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ लाई समर्थन गर्ने प्रतिबद्धतालाई चीनको विदेश मन्त्रालयले प्राथमिकताका साथ वक्तव्यमा समेटेको छ ।

mulpatra

राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको द्विपक्षीय भेटवार्ताको बारेमा जारी गरिएको विस्तृत वक्तव्यमा नेपालले एक चीन नीतिमा दर्शाएको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको विपक्षमा उभिएको दृढतालाई प्रशंसा गरिएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल एक–चीन नीतिप्रति दृढ रहेको स्पष्ट पार्दै ‘ताइवान स्वतन्त्रता’लाई नेपालले समर्थन नगर्ने तथा कुनै पनि शक्ति वा समूहलाई आफ्नो भूमि प्रयोग गरी चीनको हितविरुद्ध गतिविधि गर्न नदिने अडान व्यक्त गरेको उल्लेख छ ।

mulpatra mulpatra mulpatra

बेइजिङको वक्तव्यमा भनिएको छ– प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धले अनेकौँ परीक्षा पार गरेर अझ मजबुत भएको र परस्पर सम्मान–विश्वासमा आधारित रहेको उल्लेख गरे। नेपाल दृढ रूपमा ‘एक–चीन नीति’को पक्षमा रहेको, ‘ताइवान स्वतन्त्रता’को विरोध गर्ने र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीनविरुद्ध गतिविधि गर्न नदिने अडान नेपालका प्रधानमन्त्री ओलीले दोहो¥याएका छन् ।

वक्तव्यमा नेपालका प्रधानमन्त्रीले चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ र ग्लोबल सिभिलाइजेशन इनिसिएटिभलाई समर्थन गर्ने बताएको उल्लेख छ ।

त्यस्तै राष्ट्रपति सीले चीन–नेपाललाई हिमाल र नदीले जोडिएको छिमेकी मात्र नभई दीर्घकालीन मित्रताले बाँधिएको राष्ट्र भनेका छन् । विगत ७० वर्षदेखि दुई देशले सँगै कठिनाइ र सुख–दुःख भोग्दै सद्भाव र मैत्रीपूर्ण सम्बन्धको ऐतिहासिक अध्याय लेखेको उल्लेख गर्दै उनले बेल्ट एन्ड रोड सहकार्य स्थिर रूपमा अघि बढिरहेको बताएको वक्तव्यमा उल्लेख छ ।

Image Source: © https://mulpatra.com