Close

Recent Posts

कुवेतबाट फर्किएका पीडित कामदारले दाना ह्युमन रिसोर्स म्यानपावरमा तोडफोड

कुवेतबाट फर्किएका पीडित कामदारले दाना ह्युमन रिसोर्स म्यानपावरमा तोडफोड
  • १५ भाद्र २०८२, आईतवार १३:४८

काठमाडौं । राजधानीको सिनामंगलस्थित दाना ह्युमन रिसोर्स म्यानपावरमा कुवेत गएर पीडित बनेका श्रमिकहरूले आइतबार तोडफोड गरेका छन्। कामका नाममा ठगी र असमान व्यवहार सहन नसकेर स्वदेश फर्किएका श्रमिकहरू आफन्तसहित म्यानपावर पुगेपछि तनावपूर्ण स्थिति उत्पन्न भएको हो।

mulpatra

म्यानपावरले पठाएका कामदारहरू कुवेतस्थित फस्ट गुप कम्पनी मा पुगेपछि भनेको काम, सुविधा र तलब नपाएपछि निराश बनेका थिए। श्रमिकहरूको भनाइ अनुसार कम्पनीले करारपत्रमा उल्लेख गरिएका नदिएको आरोप लगाएका छन् ।

उनीहरूले समस्याबारे म्यानपावरमा उजुरी गर्दा खर्च र क्षतिपूर्ति उपलब्ध गराउने विषयमा छलफल भएको थियो। तर व्यवस्थापनले खर्च फिर्ता गर्न आनाकानी गरेपछि श्रमिकहरूले आक्रोश पोख्दै मेनेजरको कोठामा रहेका सिसा र फर्निचर तोडफोड गरेका हुन्।

mulpatra mulpatra mulpatra

दाना ह्युमन रिसोर्समार्फत कुवेत पुगेका करिब ४५ जना अन्य कामदार पनि अब स्वदेश फर्किन लागेका छन्। उनीहरूले कुवेतमा भोगेका पीडाको कारण ठूलो आर्थिक र मानसिक संकटमा परेको बताएका छन्।

नेपालमा रोजगारीको खोजीमा विदेशिने युवाहरूको संख्या वर्षेनी बढ्दो छ। तर, मेनपावर व्यवसायमा हुने अनियमितता र दलालीको कारण श्रमिकहरू ठगिँदै आएका छन्। धेरैजसो म्यानपावरले श्रमिकसँग करारमा तोकिएभन्दा बढी शुल्क उठाउने गरेको तथ्य बारम्बार सार्वजनिक भएपनि कारवाही हुन सकेको छैन।

वैदेशिक रोजगार विभागले तोकेको कानूनी शुल्कभन्दा धेरै पैसा लिएर श्रमिक पठाइन्छ, तर काममा पुगेपछि श्रमिकले करारअनुसार सुविधा पाउँदैनन्।कतिपय अवस्थामा काम गर्ने कम्पनी र म्यानपावरबीचको सहमतिमै प्रष्टता नहुँदा श्रमिकहरू बीचमै अलपत्र पर्छन्।

Image Source: © https://mulpatra.com

वैदेशिक रोजगारीमा जाने श्रमिकले घरजग्गा धितो राखेर वा ऋणधन गरेर रकम जम्मा गर्ने भएकाले विदेशमा ठगिँदा उनीहरूको जीवन कष्टकर बन्न पुग्छ। वैदेशिक रोजगार विभाग र सम्बन्धित निकायले पटक–पटक निगरानी गर्ने प्रतिवद्धता जनाए पनि व्यवहारमा ठोस कदम उठाउन नसक्दा मेनपावर उद्योग अझै दलाल र ठग्ने प्रवृत्तिले ग्रसित छ।

दाना ह्युमन रिसोर्समा भएको तोडफोड घटनाले पुनः एक पटक मेनपावर क्षेत्रका गम्भीर विकृति र नियमनमा रहेको कमजोरीलाई उजागर गरेको छ।