Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

खोटाङका तत्कालीन तीन जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खोटाङका तत्कालीन तीन जिशिअसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • १५ भाद्र २०८२, आईतवार १७:५१

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीनजना जिल्ला शिक्षा अधिकारी ( जिशिअ)सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

mulpatra

खोटाङको हलेसी तुवाचुङ नगरपालिका –४ स्थित श्री लक्ष्मी माध्यमिक बिद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेश कुमार पौडेलले बताए ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याएको भन्‍दै अख्तियारले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

mulpatra mulpatra mulpatra

उनका अनुसार खोटाङको ४ कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख र विद्यालयले व्यहोर्ने जनश्रमदान २५ प्रतिशत समेत गरी ३० लाख लागत इष्टिमेट तयार गरी भवन बनाउन २०७१ साल चैत २२ मा सहमति भएपनि शर्तविपरीत भवन निर्माणको काम नगरी नै पटक–पटक २४ लाख लिएकाले उनीहरूविरूद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराईसँग १० लाख, अर्का दुई जिशिअद्वय केशवप्रसा दाहाल र ज्ञानमणि नेपालसँग जनही १४÷१४ लाख, तत्कालीन लेखापाल सुरेश कुमार श्रेष्ठसँग २४ लाख, तत्कालीन सब–इन्जिनियर शिवराज राईसँग २४ लाख, तत्कालीन विलालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहालसँग ८ लाखसँग विगो माग गरेको छ।

यसैगरी विद्यालयका तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्र प्रसाद दाहाल र ह्यषिराम पोखरेलसँग जनही ८ लाख, विद्यालयका वर्तमान प्रधानाध्यापक नयन कुमार राई र विद्यालयका तत्कालीन लेखापाल सीता कार्कीसँग ५ लाख १२० रुपैयाँ र भवन निर्माण गर्ने जिम्मा पाएका अर्जुन तामाङसँग १६ लाख रुपैयाँ बिगो अख्तियारले माग गरेको छ ।

Image Source: © https://mulpatra.com