एनबीआईले संघका महासचिवलाई नियमविपरित सदस्य नियुक्ति गरेकोप्रति अध्यक्ष गुरुङको आपत्ति, ठुलो कुरा गरे संस्था खारेज गर्ने एनबीआईको चेतावनी
काठमाडौं– राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)को गत साता साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय व्यावसायिक पहल ( एनबीआई)को अध्यक्षमा पुनः कुशकुमार जोशी निर्वाचित भएका छन् । संस्थाको साधारण सभाले जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस कार्यसमितिमा वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश बस्नेत समेत निर्वाचित भए ।

तर उनी एनबीआईको सदस्य चयन भएकोमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले एनबीआईलाई पत्र काटेका छन् । पत्रमा गुरुङले घुमाउरो पारामा एनबीआईले संघको पद्धतिविपरित महासचिवलाई चयन गरेको आरोप लगाएका छन् । पत्रमा गुरुङले महासचिव उल्लेख गरेका छैन ।
एनबीआईले पद्धति विपरित सदस्य चयन गरेको अध्यक्ष गुरुङको आरोप छ । तर राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले संघका अध्यक्षलाई पटक–पटक पत्र पठाएपनि त्यसको जवाफ नदिएको जनाएको छ । जसका कारण संघका महासचिव आएर प्रक्रियामा भाग लिएको एनबीआईले जानकारी दियो ।
![]() |
![]() |
![]() |
|---|
उता गुरुङका अनुसार वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउन संघ आफैं सक्षम र जिम्मेवार रहेको भन्दै अन्य संस्थाले व्यवसायीमाथि हस्तक्षेप गर्न खोज्नु गैरजिम्मेवार कदम भएको टिप्पणी गरेका छन् । उक्त प्रक्रिया नियमविपरित भएको उनले बताए । संस्थाको नियम आफनै हुन्छ । एनबीआईले विगतको नियमभन्दा बाहिर गएर सदस्य चयन गरेको छ ।’ उनले भने ।
राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)को वैदेशिक रोजगार व्यवसायी संघको आन्तरिक विवाद होला । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङले एउटा पत्र पठाउनुभएको छ । उक्त पत्रमा प्रष्ट नखुलाइएपनि संघको महासचिव महेश बस्नेत सदस्य चयनमा भएको आपक्ति पकट गरेको राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)का कार्यालय सचिव प्रभाकार सिग्देलले जानकारी दिए । उनले उहाँहरुले आफनो आन्तरिक विवाद एनबीआईसँग जोडेर संस्थाको आचार संहिताविपरीत काम गरेको कानुनी कारवाही गर्ने सकिन्छ ।
‘संस्था सञ्चालनको आफनो नियम छ । आचारणविपरीत क्रियाकलापमा संलग्न कुनै पनि संस्था प्रमाणसहित दोषी देखिएमा खारेज गर्न सक्ने अधिकार छ । त्यही भएर संघका अध्यक्ष र महासचिवबीचको विवाद एनबीआईसँग जोड्न मिल्दैन ।’ उनले भने ।
Image Source: © https://mulpatra.com
उनका अनुसार एनबीआईले व्यवसाय पारदर्शी, श्रमिकमैत्री र उत्तरदायी बनाउन सबै पक्षसँग सहकार्य गर्ने बताउँदै गैरजिम्मेवार अभ्यासलाई सहन नसकिने चेतावनी दिएको हो ।
वैदेशिक रोजगार व्यवसायी संघ एनबीआईको संस्थापक सदस्य हो । जसका कारण उनीहरुको प्रतिनिधि एनबीआईको अनिवार्य सदस्य हुने प्रक्रिया छ । तर यसपटक भने संघका अध्यक्ष भुवनसिंह गुरुङ नभइ संघकै महासचिव महेश बस्नेत निवार्चित सदस्य भएका छन् । यस विषयलाई लिएर संघका अध्यक्ष गुरुङले आपक्ति जनाएका छन् ।
विगतमा एनबीआईको सदस्य अध्यक्ष नै चयन हुँदै आएका छन् । तर यसपछि भने महासचिव सदस्य चयन भएका छन् । आफु संघको महासचिवको हौसियतमा एनबीआईको सदस्य चयन भएको संघका महासचिव बस्नेतले जानकारी दिए । आफु एनबीआईको निर्वाचन प्रक्रियामा भाग लिएर सदस्य चयन भएको उनको दाबी छ ।
यसै विषयलाई लिएर संघका अध्यक्ष र महासचिवबीच आन्तरिक विवाद बढेको छ । यस विषयमा पत्र काटेको भनेर महासचिवले अध्यक्षको सचिवालयका कर्मचारीलाई पत्र काटेको पाइएको छ । वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमितिले व्यवसायीका हकहितका लागि काम गर्न नसकेको भन्दै आवाज उठिरहेको बेला संघमा अर्को विवाद थपिएको छ ।
अध्यक्ष गुरुङले लेखेको पत्र




