Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

काठमाडौँको गंगबुमा प्रहरीको छापा, झन्डै ४ करोड रुपैयाँ र गहनासहित गोरखाका विनोद पक्राउ

काठमाडौँको गंगबुमा प्रहरीको छापा, झन्डै ४ करोड रुपैयाँ र गहनासहित गोरखाका विनोद पक्राउ
  • १७ भाद्र २०८२, मंगलवार १७:१०

काठमाडौं– प्रहरीले गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको ३ करोड ५० लाख रुपैयाँ बरामद गरेको छ ।

mulpatra

जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना पनि रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ । काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ आफैं घरधनी रहेको पाइएको उनकाले जानकारी दिए ।

भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको विक्रीबाट आएको रकम हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ती नगद र गरगहना भण्डारण गर्ने व्यक्ति र कारोबारी पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

mulpatra mulpatra mulpatra

७७ वर्षीय श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेको पाइएको छ । अहिलेसम्म बरामद रकमअनुसार ३ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले बताएको छ । त्यसैगरी सुनका गरगहनाहरु पनि बरामद भएको पाइएको छ । उक्त रकम श्रेष्ठले कहाँबाट ल्याए, के प्रयोजनाका लागि राखे भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यद्यपि प्रहरीले उक्त रकम अवैध रहेको बताएको छ ।