Close

Recent Posts

चीनको ‘भिक्ट्री डे’लाई शुभकामना दिँदै ट्रम्पले भने चीनसँगै जापानलाई हराउँदा बगेको अमेरिकी रगतको स्मरण होस्

चीनको ‘भिक्ट्री डे’लाई शुभकामना दिँदै ट्रम्पले भने चीनसँगै जापानलाई हराउँदा बगेको अमेरिकी रगतको स्मरण होस्
  • १८ भाद्र २०८२, बुधबार १३:३४

काठमाडौं– चीनको राजधानी बेइजिङमा आयोजित ‘भिक्ट्री डे’ परेडका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएका छन् । जापानविरुद्धको विजयको ८०औँ वार्षिकोत्सवमा चीनले नेपालसहित २६ देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई आमन्त्रण गरेको परेडमा उनले यस्तो शुभकामना पठाएका हुन् ।

mulpatra

ट्रम्पले अमेरिकाले चीनलाई अप्रिय उपनिवेशवादी शक्तिलाई हराउन ठूलो योगदान दिएको उल्लेख गर्दै अप्रत्यक्ष रूपमा जापानलाई उल्लेख गरेका छन् । उनले अमेरिकाले चीनको स्वतन्त्रता र गौरवका लागि शुभकामना व्यक्त गरेको उल्लेख गरेका छन् । अमेरिकाविरुद्ध उभिएका भए पनि आफ्नो शुभकामना रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनलाई पनि रहेको उनले जोड दिए ।

दोस्रो विश्वयुद्धमा अमेरिका, चीन, रुसलगायतका राष्ट्र जापानविरुद्ध उभिएका थिए । चीनलाई अमेरिकाले ठूलो सहयोग पु¥याएको थियो र हजारौँ अमेरिकी सैनिकहरूले त्यही युद्धमा ज्यान गुमाएका थिए ।