Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

बीमा प्राधिकरणको नयाँ निर्देशिकाले सेयर बजारदेखि घरजग्गा लगानीको सीमा विस्तार

बीमा प्राधिकरणको नयाँ निर्देशिकाले सेयर बजारदेखि घरजग्गा लगानीको सीमा विस्तार
  • १८ भाद्र २०८२, बुधबार १६:२०

काठमाडौं– बीमा प्राधिकरणले बीमा कम्पनीहरूको लगानीलाई व्यवस्थित र विविधीकरण गर्ने उद्देश्यसहित नयाँ निर्देशिका ल्याएको छ ।

mulpatra

प्राधिकणले भदौ १७ गते स्वीकृत ‘बीमकको लगानी सम्बन्धी निर्देशिका, २०८२’ ल्याएको हो । बीमा कम्पनीहरूको लगानीलाई सुरक्षित, पारदर्शी र विविधीकरण गर्दै दीर्घकालीन वित्तीय स्थायित्व सुनिश्चित गर्न खोजेको प्राधिकरणले जनाएको छ ।

यसले सरकारी ऋणपत्रदेखि धितोपत्र बजारसम्मको लगानीलाई थप गतिशील बनाउने प्राधिकरणको भनाई छ । निर्देशिका अनुसा जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरूले आफ्ना कोषको लगानी व्यवस्थापन अझ स्पष्ट र व्यवस्थित ढंगले गर्नुपर्नेछ ।

mulpatra mulpatra mulpatra

निर्देशिकाले बीमा कम्पनीलाई पोर्टफोलियोअनुसार कोष र सम्पत्तिको अलग–अलग व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ ।
साथै, सेयरधनी कोष र बीमा कोषमार्फत भएका सम्पत्ति खरिद तथा लगानीको लेखांकन पनि छुट्टै गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थामा गरिएको मुद्दति निक्षेप बीमा प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने नयाँ नियम पनि थपिएको छ ।

सरकारी ऋणपत्रमा बढी लगानी गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि कुल लगानीको २५ प्रतिशतसम्म मात्र नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था थियो । अब भने यो सीमा बढाएर ३५ प्रतिशत पुर्याइएको छ । सीमा अनुरुप लगानी गर्न नसक्ने अवस्था आइपरेमा भने वाणिज्य वा पूर्वाधार बैंकको मुद्दति निक्षपमा लगानी गर्नुपर्ने उल्लेख छ ।

‘क’ वर्गका वाणिज्य बैंक र पूर्वाधार विकास बैंकमा बीमा कम्पनीले ३० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । ‘ख’ वर्गका बैंक तथा विकास बैंकमा १५ प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थामा ७ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने प्रावधान गरिएको छ ।

Image Source: © https://mulpatra.com

बीमा कम्पनीलाई पूँजी बजारमा सक्रिय बनाउन सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी सीमा बढाइएको छ । पहिले १० प्रतिशतसम्म मात्र लगानी गर्न पाउने प्रावधान संशोधन भएको छ । योसँगै अब कम्पनीहरुले १५ प्रतिशतसम्म लगानी गर्न सकिने भएको छ । तर, एकै कम्पनीको चुक्ता पूँजीको १५ प्रतिशतभन्दा बढी लगानी गर्न भने रोक लगाइएको छ ।

नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा बढीमा ५ प्रतिशतसम्म, घरजग्गा व्यवसायमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाइने उल्लेख छ ।