साढे ५ सम्म गुगल, जीमेल युट्युब, फेसबुक, इन्टाग्राम, लिङ्क्डइन, ट्वीटर, भाइबर र थ्रेडस्स दर्ता प्रक्रियामा आएनन्

साढे ५ सम्म गुगल, जीमेल युट्युब, फेसबुक, इन्टाग्राम, लिङ्क्डइन, ट्वीटर, भाइबर र थ्रेडस्स दर्ता प्रक्रियामा आएनन्
  • १८ भाद्र २०८२, बुधबार १७:३४

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजको समयसीमा भित्र सामाजिक सञ्जाल दर्ता प्रक्रियामा कुनै संस्था नआएको जनाएको छ । गत बिहीबार सरकारले सूचना जारी गर्दै एक साताभित्र नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाललाई सूचीकरणका लागि निवेदन दिन आह्वान गरेको थियो ।

mulpatra

अहिलेसम्म नेपालमा गुगल, जीमेल युट्युब, फेसबुक, इन्टाग्राम, लिङ्क्डइन, ट्वीटर, भाइबर, थ्रेडस्स जस्ता कुनै पनि संस्था आधिकारिक दर्तामा आएका छैनन् । अब त्यसमध्ये सुरुमा फेसबुक र ट्वीटर, इन्स्टाग्राम, लिङ्डइन जस्ता विशुद्ध सामाजिक सञ्जाललाई पहिलो चरणमा बन्द गर्ने रणनीति सरकारको छ ।

सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको सात दिने समयावधि सकिएको छ । अहिलेसम्म केही प्रगति नभएको छैन । यसअघि टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका थिए । युटुव, फेसबुक र मेटा कम्पनीमार्फत सञ्चालित कुनै पनि सामाजिक सञ्जालले अहिलेसम्म दर्ता प्रक्रिया सुरु नगरेको मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए ।

उनका अनुुुसार यद्यपि ५ बजे नै अन्तिम समयावधि भने नभएको हुनसक्छ । सरकारले समय नै १२ बजेसम्म हो । तर ५ बजेसम्म कार्यालय बन्द भए पनि १२ बजेसम्म आधिकारिक व्यक्तिले इमेल गरेरै हामी सूचीकरण हुन चाहन्छौँ भने पनि त्यो सक्रिय रहन्छ, क्याबिनेटको निर्णयमै त्यो विषय उल्लेख भएको उनले बताए ।