Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

साढे ५ सम्म गुगल, जीमेल युट्युब, फेसबुक, इन्टाग्राम, लिङ्क्डइन, ट्वीटर, भाइबर र थ्रेडस्स दर्ता प्रक्रियामा आएनन्

साढे ५ सम्म गुगल, जीमेल युट्युब, फेसबुक, इन्टाग्राम, लिङ्क्डइन, ट्वीटर, भाइबर र थ्रेडस्स दर्ता प्रक्रियामा आएनन्
  • १८ भाद्र २०८२, बुधबार १७:३४

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजको समयसीमा भित्र सामाजिक सञ्जाल दर्ता प्रक्रियामा कुनै संस्था नआएको जनाएको छ । गत बिहीबार सरकारले सूचना जारी गर्दै एक साताभित्र नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाललाई सूचीकरणका लागि निवेदन दिन आह्वान गरेको थियो ।

mulpatra

अहिलेसम्म नेपालमा गुगल, जीमेल युट्युब, फेसबुक, इन्टाग्राम, लिङ्क्डइन, ट्वीटर, भाइबर, थ्रेडस्स जस्ता कुनै पनि संस्था आधिकारिक दर्तामा आएका छैनन् । अब त्यसमध्ये सुरुमा फेसबुक र ट्वीटर, इन्स्टाग्राम, लिङ्डइन जस्ता विशुद्ध सामाजिक सञ्जाललाई पहिलो चरणमा बन्द गर्ने रणनीति सरकारको छ ।

सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको सात दिने समयावधि सकिएको छ । अहिलेसम्म केही प्रगति नभएको छैन । यसअघि टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका थिए । युटुव, फेसबुक र मेटा कम्पनीमार्फत सञ्चालित कुनै पनि सामाजिक सञ्जालले अहिलेसम्म दर्ता प्रक्रिया सुरु नगरेको मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

उनका अनुुुसार यद्यपि ५ बजे नै अन्तिम समयावधि भने नभएको हुनसक्छ । सरकारले समय नै १२ बजेसम्म हो । तर ५ बजेसम्म कार्यालय बन्द भए पनि १२ बजेसम्म आधिकारिक व्यक्तिले इमेल गरेरै हामी सूचीकरण हुन चाहन्छौँ भने पनि त्यो सक्रिय रहन्छ, क्याबिनेटको निर्णयमै त्यो विषय उल्लेख भएको उनले बताए ।