Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

पर्यावरणीय नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मञ्चन हुँदै

पर्यावरणीय नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मञ्चन हुँदै
  • १८ भाद्र २०८२, बुधबार १८:०२

काठमाडौँ – एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । खमारीको रुखलाई बिम्ब बनाएर निर्माण गरिएको यो नाटक वातावरणसँग सम्बन्धित रहेको जनाइएको छ ।

mulpatra

नेपाली रंगमञ्चको क्षेत्रमा फिजिकल प्लेलाई यस नाटकमार्फत एक थिएटरले पहिलो पटक मञ्चन गर्न लागेको हो । यो विधाको नाटक नेपाली दर्शकका लागि नयाँ स्वाद हुने र दर्शकले मन पराउने विश्वास लिएको निर्देशक मणि के. राईले बताए । पछिल्लो समय ग्लोवल वार्मिङका कारण जलवायु परिवर्तनको संकट मानव समुदायले भोगिरहेको छ । उक्त संकट अरु कसैले नभएर मानिस स्वयंले निम्त्याएको हो । मानिसहरुले आफ्नो स्वार्थका लागि प्रकृतिको अत्याधिक दोहनका कारण यस संकटको चुनौती सामना गरिरहनु परेको छ । यही विषयलाई केन्द्रमा राखेर खमारीको निर्माण गरिएको निर्माता जयराम ढकालले जानकारी दिए ।

खमारी एक दुर्लभप्रायः रुख हो । नाटकले सोही रुखको विरुवालाई हुर्काउनका लागि एक बालकले गर्नु परेको संघर्षलाई देखाइएको निर्देशक राईले बताए । मानिसहरुले उत्पादनको लोभले माटोमा प्रयोग गर्ने रासायनिक मल, प्लास्टिकजन्य सामग्रीहरुले माटोको उर्वरा शक्ति नै शून्य भएका कारण उक्त विरुवालाई हुर्कने उचित वातावरणको अभाव हुन्छ । त्यही बिरुवासँग गाँसिएको एक बालकको अवोध प्रेमले माटोलाई कसरी उर्वरा बनाउन सकिन्छ भन्ने रैथाने ज्ञानको वकालत यस नाटकमार्फत गरिएको राईको भनाइ छ ।

mulpatra mulpatra mulpatra

नाटकबारे प्रष्ट पार्दै निर्देशक राईले भने, ‘यो हाम्रो वर्तमान र भविष्यको कथन हो । माटोले जीवनको सुरुवात खुशी र समृद्धिको प्रतीकका रूपमा गर्छ । तर मानवीय लापरबाही, प्रदुषण र स्वार्थी व्यवहारले माटोलाई बिमार बनाउँछ । माटोले सास फेर्न छोड्छ र बिरुवालाई हुर्काउन सक्दैन’ निर्देशक राईले थप गर्दै भने, ‘त्यसैबेला एउटा निर्दोष बालक आशासहित सानो बिरुवा लिएर माटोसँग संवाद गर्छ । उसको प्रयास, माया र धैर्यले माटो फेरि बाँच्छ र अन्ततः जीवनको पुनर्जन्म सम्भव हुन्छ ।’

नाटक खमारीले मानव समुदाय प्रकृतिसँग अलग नभइ त्यसैको अंश हौं भन्ने कुरा स्मरण गराउने निर्माता जयराम ढकालले बताए । ‘जब माटो दुख्छ, हामी दुख्छौं, जब बिरुवा मर्छ, हामी पनि मर्छौं’, ढकालले भने ।

यही भदौ १९ गतेदेखि २९ गतेसम्म मण्डला थिएटरमा खमारीको मञ्चन दश दिनसम्म हुनेछ । नाटकमा सौजन सेनेहाङ, मुस्कान राउत, रञ्जना नेपाली, प्रिया लम्जेल, आरुशी राई, प्रेम चन्द पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, दिलेन्द्र राई, देविका राई, ममता साम्पाङ राई, शक्ति राई, रेनुका घर्ती मगरको अभिनय रहनेछ । त्यसैगरी प्रत्यक्ष संगीतमा संजीत थुलुङ राई र नुमा राई रहनेछन् ।

Image Source: © https://mulpatra.com

स्मरणीय रहोस् यो नाटक यही भदौ १९ गतेदेखि २९ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा हरेक दिन अपराह्न ४ः३० बजेदेखि प्रदर्शन हुनेछ भने शनिबार मध्याह्न १२ः३० बजे अतिरिक्त शो हुनेछ ।