एसनिकट युवा संघले भाद्र २३÷२४ काठमाण्डौंमा ९ औं महाधिवेशन आयोजक कमिटीको पूर्ण वैठक आह्वान

एसनिकट युवा संघले भाद्र २३÷२४ काठमाण्डौंमा ९ औं महाधिवेशन आयोजक कमिटीको पूर्ण वैठक आह्वान
  • १९ भाद्र २०८२, बिहीबार ११:५१

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो ९ औं महाधिवेशनलाई लक्षित गर्दै आयोजक कमिटीको पूर्ण वैठक बोलाएको छ । संघले भाद्र २३÷२४ काठमाण्डौंमा ९ औं महाधिवेशन आयोजक कमिटीको पूर्ण वैठक आह्वान गरेको छ ।

mulpatra

बैठकमा आगामी महाधिवेशन तयारी, संगठन सुदृढीकरण, सदस्यता अभियान र युवा आन्दोलनलाई सशक्त बनाउनुपर्ने रणनीतिहरुमा छलफल हुने जनाइएको छ। यसैगरी, देशव्यापी रूपमा हुने महाधिवेशनलाई ऐतिहासिक बनाउन युवा संघका संरचना, कार्यविभाजन र कार्यक्रमलाई प्रभावकारी बनाउने एजेण्डामा बैठक केन्द्रित हुने बताइएको छ ।

युवा संघका नेता गौरी शंकर राणाका अनुसार महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने छ भने यसले संगठनलाई अझ सुदृढ बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।