Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

युट्युब बन्दको असर: आधा दर्जन पूर्व–सम्पादक बेरोजगार, सञ्चारगृह, कार्यक्रम र टेलिसिरियल अलपत्र

युट्युब बन्दको असर: आधा दर्जन पूर्व–सम्पादक बेरोजगार, सञ्चारगृह, कार्यक्रम र टेलिसिरियल अलपत्र
  • २० भाद्र २०८२, शुक्रबार १६:३३

काठमाडौं– सरकारले युट्युब बन्द गरेसँगै नेपालका डिजिटल मिडिया क्षेत्र प्रभावित भएका छन् । युट्युबमा नियमित कार्यक्रम चलाउँदै आएका सय बढी प्रस्तुति रोकिएका छन् भने आधा दर्जनभन्दा बढी पूर्व–सम्पादक रोजगारीविहीन भएका छन् । उनीहरुको कार्यक्रम समेत प्रभावित भएका छन् । भने ५० हजारभन्दा सामाजिक सञ्जाल युट्युब, फेसबुक र अन्य क्षेत्रमा कार्यरत पत्रकार पनि प्रभावित भएका छन् ।

mulpatra

समाचार, बहसदेखि मनोरञ्जनसम्मका सामग्री निर्माणमा सक्रिय टिमहरू आकस्मिक रूपमा अलपत्र परेका छन् । विज्ञहरूले यस्तो निर्णयले अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, डिजिटल रोजगारमा समेत गम्भीर असर पारेको टिप्पणी गरेका छन् । कान्तिपुरका पुर्वसम्पादकहरु शुधीर शर्मा, दिलभूषण पाठक, भूषण दहाल र एपि वानको पुर्वसम्पादक टिकाराम यात्रीले हाल युट्युबमार्फत कार्यक्रम चलाइरहेका छन् ।
मूलपत्रले सञ्चालन गदै आएको ‘सम्भव छ’ कार्यक्रम पनि सरकारले सामाजिक सञ्जालमा नियन्त्रण गरेपनि रोकिएको छ ।

नेपालमा युट्युब बन्द भएपछि डिजिटल माध्यमबाट प्रशारण भइरहेका सयभन्दा बढी टेलिसिरियल अचानक रोकिएका छन् । युट्युबलाई प्रमुख प्लेटफर्म मानेर निर्माणमा लागेको टोली र कलाकारहरू अलपत्र परेका छन् भने दर्शकहरूले निरन्तर हेर्दै आएका धारावाहिकसमेत रोकिएका छन् । विद्या चापागाईको हेर्ने कथा, कमेटी नाइट र दरबारजस्ता कार्यक्रमहरु प्रभावित भएका छन् ।

mulpatra mulpatra mulpatra

निर्माताहरूले ठूलो लगानीसहित तयार गरेका टेलिसिरियल बीचमै रोकिँदा लाखौँ रुपैयाँ क्षति भएको गुनासो गरेका छन् । उनीहरूका अनुसार युट्युब बन्दले सर्जक, प्राविधिक, कलाकारदेखि विज्ञापनदाता सबै प्रभावित भएका छन् । हाल प्रशारण भइरहेका टेलिसिरियल पनि रोकिएका छन् ।

नेपालमा युट्युब बन्द भएपछि डिजिटल प्लेटफर्ममार्फत आफ्नो सिर्जना र अभिनय प्रस्तुत गर्दै आएका कलाकारहरू प्रभावित भएका छन् । अनलाइन कार्यक्रम, टेलिसिरियलदेखि गीत–संगीतसम्म युट्युबलाई प्रमुख माध्यम बनाएका कलाकारहरू काम रोकिँदा रोजगारी र आम्दानी दुबै संकटमा परेको गुनासो गरिरहेका छन् ।

नेपालका लागि केन्द्रित गरेर सञ्चालन गरेको हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया थालेर निष्क्रिय हुनबाट जोगिएको छ । त्यसलगत्तै मेटाले समेत अनौपचारिक रूपमा सम्पर्कमा आएर सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको सञ्चार मन्त्रालयले जनाएको छ ।

Image Source: © https://mulpatra.com

कलाकारहरूले अभिव्यक्ति स्वतन्त्रता र सिर्जनशीलता दुबैमा धक्का पुगेको भन्दै तत्काल समाधानको माग गरेका छन् । मेटा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको सञ्चालक कम्पनी हो । त्यस्तै, शुक्रबार ट्वीटर (एक्स) ले पनि सरकारसँग आधिकारिक रूपमै सम्पर्कमा आएको मन्त्रालयमा प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

सरकारले युट्युब बन्द गरेपछि नेपालका डिजिटल सञ्चारगृहहरू ठूलो संकटमा परेका छन् । विभिन्न समाचार पोर्टल र युट्युब च्यानलमार्फत सूचना तथा मनोरञ्जन प्रसारण गर्दै आएका करिब ५ सयभन्दा बढी सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन् ।

माथिबाट आएको निर्देशनअनुुसार सामाजिक सञ्जाल बन्द गरेको र यो बढी आफुलाई थाहा नभएको उनको भनाइ छ ।

युट्युबलाई प्रमुख स्रोत बनाएर सञ्चालन भएका मिडिया संस्थाहरूले विज्ञापन, दर्शक पहुँच र कार्यक्रम प्रसारणमै समस्या भोगिरहेका छन् । सञ्चारकर्मीहरूले यस्तो कदमले स्वतन्त्र सञ्चार र डिजिटल पत्रकारिताको भविष्यमै असर पर्ने चेतावनी दिएका छन् ।

सरकारले बन्द गर्न निर्देशन दिएकामध्ये अब युट्युब, लिंक्ड इन, स्न्याप च्याट, –रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल सम्पर्कमा आएका छैनन् ।

त्यसमध्ये युट्युब, लिंक्ड इन अत्यधिक रूपमा प्रयोगमा रहेका सामाजिक सञ्जाल हुन् । पछिल्लो समयमा ठुलै मिडिया छाडेर युट्युब कार्यक्रममा व्यस्त आधा दर्जन पुर्व सम्पादन समेत सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले समस्यामा परेका छन् । स्न्याप च्याट, क्लबहाउस र ईमो सामान्य प्रयोगमा रहे पनि बाँकी भने धेरै प्रयोगमा छैनन् ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेकामध्ये सो बराबरका सामाजिक सञ्चालका सञ्चालकहरू सम्पर्कमा आएका हुन् ।

गत वर्ष जारी गरेको सामाजिक सञ्चालन निर्देशिका कार्यान्वयनमा आए अब फेसबुक, ट्विटर, युट्युब, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर, वी च्याटलगायत सबै किसिमका सामाजिक सञ्जाल नेपालभित्र अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । तर उक्त निर्देशिकाअनुसार सामाजिक सञ्जालका संस्था सञ्चालनमा नभएको भन्दै सरकारले बन्द गरेको हो ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । दैनिक सञ्चार, सूचना आदान–प्रदानदेखि व्यवसाय र शिक्षासम्म सामाजिक सञ्जालमा निर्भर जनजीवन अचानक अवरुद्ध भएको छ ।

सामाजिक सञ्जालमार्फत काम गर्ने विद्यार्थी, व्यवसायी, कामदार र आम नागरिकले ठूलो असुविधा भोग्नु परेको गुनासो गरेका छन् । विज्ञहरूले सामाजिक सञ्जाल बन्द गर्दा दीर्घकालीन रूपमा अर्थतन्त्र, रोजगार र जनजीवनमै नकारात्मक असर पर्ने चेतावनी दिएका छन् ।

भिडियो विश्लेषणः