Close

Recent Posts

युट्युब बन्दको असर: आधा दर्जन पूर्व–सम्पादक बेरोजगार, सञ्चारगृह, कार्यक्रम र टेलिसिरियल अलपत्र

युट्युब बन्दको असर: आधा दर्जन पूर्व–सम्पादक बेरोजगार, सञ्चारगृह, कार्यक्रम र टेलिसिरियल अलपत्र
  • २० भाद्र २०८२, शुक्रबार १६:३३

काठमाडौं– सरकारले युट्युब बन्द गरेसँगै नेपालका डिजिटल मिडिया क्षेत्र प्रभावित भएका छन् । युट्युबमा नियमित कार्यक्रम चलाउँदै आएका सय बढी प्रस्तुति रोकिएका छन् भने आधा दर्जनभन्दा बढी पूर्व–सम्पादक रोजगारीविहीन भएका छन् । उनीहरुको कार्यक्रम समेत प्रभावित भएका छन् । भने ५० हजारभन्दा सामाजिक सञ्जाल युट्युब, फेसबुक र अन्य क्षेत्रमा कार्यरत पत्रकार पनि प्रभावित भएका छन् ।

mulpatra

समाचार, बहसदेखि मनोरञ्जनसम्मका सामग्री निर्माणमा सक्रिय टिमहरू आकस्मिक रूपमा अलपत्र परेका छन् । विज्ञहरूले यस्तो निर्णयले अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, डिजिटल रोजगारमा समेत गम्भीर असर पारेको टिप्पणी गरेका छन् । कान्तिपुरका पुर्वसम्पादकहरु शुधीर शर्मा, दिलभूषण पाठक, भूषण दहाल र एपि वानको पुर्वसम्पादक टिकाराम यात्रीले हाल युट्युबमार्फत कार्यक्रम चलाइरहेका छन् ।
मूलपत्रले सञ्चालन गदै आएको ‘सम्भव छ’ कार्यक्रम पनि सरकारले सामाजिक सञ्जालमा नियन्त्रण गरेपनि रोकिएको छ ।

नेपालमा युट्युब बन्द भएपछि डिजिटल माध्यमबाट प्रशारण भइरहेका सयभन्दा बढी टेलिसिरियल अचानक रोकिएका छन् । युट्युबलाई प्रमुख प्लेटफर्म मानेर निर्माणमा लागेको टोली र कलाकारहरू अलपत्र परेका छन् भने दर्शकहरूले निरन्तर हेर्दै आएका धारावाहिकसमेत रोकिएका छन् । विद्या चापागाईको हेर्ने कथा, कमेटी नाइट र दरबारजस्ता कार्यक्रमहरु प्रभावित भएका छन् ।

निर्माताहरूले ठूलो लगानीसहित तयार गरेका टेलिसिरियल बीचमै रोकिँदा लाखौँ रुपैयाँ क्षति भएको गुनासो गरेका छन् । उनीहरूका अनुसार युट्युब बन्दले सर्जक, प्राविधिक, कलाकारदेखि विज्ञापनदाता सबै प्रभावित भएका छन् । हाल प्रशारण भइरहेका टेलिसिरियल पनि रोकिएका छन् ।

नेपालमा युट्युब बन्द भएपछि डिजिटल प्लेटफर्ममार्फत आफ्नो सिर्जना र अभिनय प्रस्तुत गर्दै आएका कलाकारहरू प्रभावित भएका छन् । अनलाइन कार्यक्रम, टेलिसिरियलदेखि गीत–संगीतसम्म युट्युबलाई प्रमुख माध्यम बनाएका कलाकारहरू काम रोकिँदा रोजगारी र आम्दानी दुबै संकटमा परेको गुनासो गरिरहेका छन् ।

नेपालका लागि केन्द्रित गरेर सञ्चालन गरेको हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया थालेर निष्क्रिय हुनबाट जोगिएको छ । त्यसलगत्तै मेटाले समेत अनौपचारिक रूपमा सम्पर्कमा आएर सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको सञ्चार मन्त्रालयले जनाएको छ ।

कलाकारहरूले अभिव्यक्ति स्वतन्त्रता र सिर्जनशीलता दुबैमा धक्का पुगेको भन्दै तत्काल समाधानको माग गरेका छन् । मेटा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको सञ्चालक कम्पनी हो । त्यस्तै, शुक्रबार ट्वीटर (एक्स) ले पनि सरकारसँग आधिकारिक रूपमै सम्पर्कमा आएको मन्त्रालयमा प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

सरकारले युट्युब बन्द गरेपछि नेपालका डिजिटल सञ्चारगृहहरू ठूलो संकटमा परेका छन् । विभिन्न समाचार पोर्टल र युट्युब च्यानलमार्फत सूचना तथा मनोरञ्जन प्रसारण गर्दै आएका करिब ५ सयभन्दा बढी सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन् ।

माथिबाट आएको निर्देशनअनुुसार सामाजिक सञ्जाल बन्द गरेको र यो बढी आफुलाई थाहा नभएको उनको भनाइ छ ।

युट्युबलाई प्रमुख स्रोत बनाएर सञ्चालन भएका मिडिया संस्थाहरूले विज्ञापन, दर्शक पहुँच र कार्यक्रम प्रसारणमै समस्या भोगिरहेका छन् । सञ्चारकर्मीहरूले यस्तो कदमले स्वतन्त्र सञ्चार र डिजिटल पत्रकारिताको भविष्यमै असर पर्ने चेतावनी दिएका छन् ।

सरकारले बन्द गर्न निर्देशन दिएकामध्ये अब युट्युब, लिंक्ड इन, स्न्याप च्याट, –रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल सम्पर्कमा आएका छैनन् ।

त्यसमध्ये युट्युब, लिंक्ड इन अत्यधिक रूपमा प्रयोगमा रहेका सामाजिक सञ्जाल हुन् । पछिल्लो समयमा ठुलै मिडिया छाडेर युट्युब कार्यक्रममा व्यस्त आधा दर्जन पुर्व सम्पादन समेत सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले समस्यामा परेका छन् । स्न्याप च्याट, क्लबहाउस र ईमो सामान्य प्रयोगमा रहे पनि बाँकी भने धेरै प्रयोगमा छैनन् ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेकामध्ये सो बराबरका सामाजिक सञ्चालका सञ्चालकहरू सम्पर्कमा आएका हुन् ।

गत वर्ष जारी गरेको सामाजिक सञ्चालन निर्देशिका कार्यान्वयनमा आए अब फेसबुक, ट्विटर, युट्युब, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर, वी च्याटलगायत सबै किसिमका सामाजिक सञ्जाल नेपालभित्र अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । तर उक्त निर्देशिकाअनुसार सामाजिक सञ्जालका संस्था सञ्चालनमा नभएको भन्दै सरकारले बन्द गरेको हो ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । दैनिक सञ्चार, सूचना आदान–प्रदानदेखि व्यवसाय र शिक्षासम्म सामाजिक सञ्जालमा निर्भर जनजीवन अचानक अवरुद्ध भएको छ ।

सामाजिक सञ्जालमार्फत काम गर्ने विद्यार्थी, व्यवसायी, कामदार र आम नागरिकले ठूलो असुविधा भोग्नु परेको गुनासो गरेका छन् । विज्ञहरूले सामाजिक सञ्जाल बन्द गर्दा दीर्घकालीन रूपमा अर्थतन्त्र, रोजगार र जनजीवनमै नकारात्मक असर पर्ने चेतावनी दिएका छन् ।

भिडियो विश्लेषणः