Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जेनजी प्रदर्शनमा राजनीतिकका भ्रातृसंस्थालाई ‘नो इन्ट्री’

जेनजी प्रदर्शनमा राजनीतिकका भ्रातृसंस्थालाई ‘नो इन्ट्री’
  • २३ भाद्र २०८२, सोमबार १०:३१

काठमाडौं– भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलित नयाँ पुस्ताका युवा (जेनजी) हरूले राजनीतिक दल निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन रोक लगाएका छन् ।

mulpatra

स्वतःस्फुर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले दल निकटका भ्रातृसंस्थालाई प्रदर्शनमा सहभागी हुन रोक लगाएका हुन् ।

उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् । कतिपय युवाहरू कलेज र स्कुल पोशाकमा समेत देखिएका छन् । पहिले सामाजिक सञ्जालका पोस्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजीले सडकमा उतारेका हुन् ।

mulpatra mulpatra mulpatra

जेनजीलाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन् ।