जेनजीले गरे महान्यायाधिवक्ताको वेबसाइट ह्याक, लेखे भ्रष्टाचारविरोधी नारा
काठमाडौं– देशका विभिन्न भागमा युवाहरूले भ्रष्टाचारविरोधी प्रदर्शन गरिरहँदा केही समूहले वेबसाइटहरू ह्याक गरी आफ्ना नाराहरू प्रकाशित गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयको वेबसाइट पनि ह्याक गरेर जेनजीहरूले नारा लेखिदिएका छन् । ’जेनजी राइजिङ नेपाल’ ह्यासट्याग उल्लेख गरी उनीहरूले वेबसाइटमा उनीहरूले बानेश्वरको प्रदर्शनमा सहभागी हुन अपिल पनि गरेका छन् ।
यस्तै पद्मकन्या स्कुल, होटल एसोसिएसन नेपाल लगायत अन्य संस्थाका वेबसाइट पनि ह्याकरले कब्जामा लिएका छन् । जेन जी प्रदर्शनकारीले नयाँ बानेश्वरको संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
नेपाल दर्ता हुन नमानेका सामाजिक प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय, भ्रष्टाचारलगयतका मुद्दामा आक्रोश जनाउँदै आज माइतीघरमा शान्तिपूर्ण आन्दोलन गर्ने भनेका प्रदर्शनकारी बानेश्वर पुग्दा आक्रोशित बनेका हुन् ।
बानेश्वर क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरेको छ



