Close

Recent Posts

आन्दोलनमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, ३ जनाको मृत्यु

आन्दोलनमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, ३ जनाको मृत्यु
  • २३ भाद्र २०८२, सोमबार १४:४८

काठमाडौं– सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

mulpatra

प्रहरीको गोली लागेर घाइतेभएपछि प्रदर्शनकारीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले अन्धाधुन्ध अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले दमन गर्न थालेपछि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ ।

mulpatra mulpatra mulpatra

प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कफ्र्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कफ्र्यू लगाइएको छ । तर कफ्र्यू आदेश अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् । त्यसपछि प्रहरीले आन्दोलकारीमाथि दमन सुरु गरेको छ ।

मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यू भएको प्रहरी स्रोतले पुष्टि गर्यो । अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढले । उनको ‘अन द स्पट डेथ’ भएको छ ।

यसैगरि, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यू भएको प्रहरी स्रोतले बतायो । तर यसको स्वतन्न पुष्टि भएको छैन ।

Image Source: © https://mulpatra.com