Close

Recent Posts

जेनजीको आन्दोलनमा सरकारले गरेको दमनको विरोध गदै प्रसाईले चैत १५ सरकारी दमन सम्झिए

जेनजीको आन्दोलनमा सरकारले गरेको दमनको विरोध गदै प्रसाईले चैत १५ सरकारी दमन सम्झिए
  • २३ भाद्र २०८२, सोमबार १६:५०

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले जेन जी पुस्ताको आन्दोलनमा सरकारले गरेको दमन विरोध गरेका छन् । जेन–जी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै निन्दा गरेका छन् ।

mulpatra

जेन–जी पुस्ताको आन्दोलनलाई दमनका माध्यमबाट नभई उनीहरूको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै समाधानको बाटो पहिल्याउन उनले सरकारसमक्ष अपिल गरेका छन् । उनले आफुमाथि पनि सरकारले गत चैतमा सरकारले यस्तै दमन गरेको आरोप समेत लगाए ।

उनले जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्तिप्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लागि प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु हुनु नराम्रो भएको बताएका छन् ।

mulpatra mulpatra mulpatra

प्रसाईले स्टाटसमा भनेका छन् । ‘भाद्र २३ गते भ्रष्टाचारविरुद्ध देशव्यापी शान्तिपूर्ण प्रदर्शनमा सहभागी २८ वर्ष मुनिका दोस्रो र तेस्रो पुस्ताका युवाहरूमाथि सरकारले पुनः चैत्र १५ गतेकै शैलीमा अकल्पनीय दमन गरेको छ। गोली प्रहार, अश्रुग्यास, पानीको फोहरा र अत्यधिक प्रहरी बल प्रयोग गर्दै निर्दोष नागरिकमाथि गरिएको यस अमानवीय आक्रमणले देशभर १५ जनाभन्दा बढीको ज्यान लिइसकेको छ भने हजारौं घाइते भएका छन् ।
यो केवल दमन मात्र होइन—३५ वर्षदेखि निरन्तर भइरहेको भ्रष्टाचार, तस्करी, दमन र जनतामाथिको अत्याचारको निरन्तरता हो। नेपाली नागरिकले अब यो बर्बरताको हिसाब–किताब एक–एक गरी गर्नुपर्ने ऐतिहासिक क्षण आएको छ।

यस पवित्र आन्दोलनलाई बदनाम गर्न “नागरिक बचाउ महाअभियान नेपाल“ लगायतका केही राजनीतिक दलहरूसँग घुसपैठ भएको भनी कपोकल्पित हल्ला फैलाउने कार्यको हामी कडा शब्दमा भत्र्सना गर्दछौं। यस घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ भन्नेमा हाम्रो स्पष्ट धारणा रहेको छ।
यसै सन्दर्भमा, हामी अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, न्यायका पक्षधर सम्पूर्ण नेपाली नागरिक र सत्यप्रेमी समुदायलाई वास्तविक तथ्य उजागर गर्न आग्रह गर्दछौं। व्यवस्था परिवर्तनबिनाको अवस्था परिवर्तन असम्भव भएकोले, यो कु–व्यवस्थाको अन्त्य गर्न अब सबै नेपालीले एकताबद्ध भई उठ्नुपर्ने आवश्यकता छ।
यस ऐतिहासिक आन्दोलनलाई सफल बनाउन सम्पूर्ण नागरिकलाई एकजुट भई भ्रष्टाचार, दमन र तानाशाहीको विरुद्ध दृढतापूर्वक उभिन यसै विज्ञप्तिमार्फत जोडदार आह्वान गर्दछु।’