Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

देशभरि सार्वजनिक सवारी साधन बन्द गर्ने महासंघको घोषणा

देशभरि सार्वजनिक सवारी साधन बन्द गर्ने महासंघको घोषणा
  • २४ भाद्र २०८२, मंगलवार ११:५९

काठमाडौँ । जेनजीको आन्दोलन चलिरहेको बेला सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन यातायात बन्दको घोषणा गरेको हो ।

mulpatra

सरकारबाट शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्न रनगराउन सबै व्यवसायीहरुलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
यातायात महासङ्घले भदौ २३ गते युवाहरुको शान्तिपूर्ण भेलामा गरेको दमनका कारण १९ जनाको मृत्यु भएको र सयौं घाइते भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ ।

महासङ्घले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । साथै महासङ्घका सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिहरुलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

mulpatra mulpatra mulpatra