Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

अराजकसमूहको निसानामा भाटभटेनी पर्दा, अरबौंको क्षति

अराजकसमूहको निसानामा भाटभटेनी पर्दा, अरबौंको क्षति
  • २५ भाद्र २०८२, बुधबार १०:३९

काठमाडौं । नेपालमा जेन–जी पुस्ताका युवाहरुले सुरु गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनले उग्र रुप लिएपछि देशभर सार्वजनिक सम्पत्ति निसानामा परे । त्यससँगै अराजक समूहको निसानामा भाटभटेनी पर्दा देशभरका प्रमुख भाटभटेनी सुपरस्टोरहरु ध्वस्त भए र अरबौंको क्षति भयो।

mulpatra

जेनजीको आन्दोलन भाटभटेनी तोडफोड गर्ने हुँदैहोइन । तर जेनजीको नाममा छिरेको अभद्र अराजकसमूहले नक्साल, कोटेश्वर, चुच्चेपाटी, टोखा, बालाजु, कलंकीसहित विराटनगर, पोखरा लगायतका १७ बढी शाखामा तोडफोड, लुटपाट र आगजनी गरेका छन्।

भाटभटेनीमा छिरेर लुटपाट गर्ने र आगलागी गर्ने समूहका कारण ३० अर्ब रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ। नक्साल र कोटेश्वर, चुच्चेपाटी शाखामा सबैभन्दा बढी क्षति पुगेको छ।

mulpatra mulpatra mulpatra

नेपालको निजी क्षेत्रलाई टेवा पुर्‍याउँदै आएको भाटभटेनी सुपरस्टोर हाल मुलुककै सबैभन्दा ठूलो व्यवसायिक केन्द्र थियो । यसले २० हजारभन्दा बढी रोजगारी सिर्जना गरेको छ भने हजारौं साना तथा ठूला व्यवसायीका उत्पादनलाई बजारसम्म पुर्‍याउने प्रमुख विक्री थलो बनेको छ।

भाटभटेनीमार्फत खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्सदेखि घरेलु सामानसम्मका नेपाली उत्पादन र आयातित वस्तु उपलब्ध हुने गरेका छन्। यसरी लाखौं उपभोक्ताको आवश्यकतासँग जोडिएको निजी क्षेत्रलाई आन्दोलनकारीले प्रत्यक्ष निशाना बनाउँदा मुलुकको निजी अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ।

तोडफोड र आगजनीका कारण भाटभटेनीका धेरै शाखा सञ्चालनमा अवरोध भएको छ। सुपरस्टोर पुनः सञ्चालन गर्ने आर्थिक श्रोत सहज जुटाए पनि महिनौ लाग्ने अवस्था छ । यसबाट हजारौं कर्मचारी बेरोजगार हुने, हजारौं सप्लायर्सको व्यवसायमा असर हुने देखिएको छ ।

Image Source: © https://mulpatra.com

यसअघि राजावादी आन्दोलनमा पनि भाटभटेनी सुपरस्टोरहरु निशानामा परेका थिए। तर यो पटक आन्दोलन झन् उग्र बन्दै गएपछि निजी व्यवसायहरू नै अराजकताको मुख्य शिकार बनेका छन्।

भ्रष्टाचारविरुद्धको आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा लुटपाट र आगजनीतर्फ मोडिनु मुलुककै आर्थिक संरचनामाथि आक्रमण भएको स्पष्ट देखिएको छ । राजनीतिक परिवर्तन वा सत्ता परिवर्तन गर्ने आम जनसरोकारको विषयमा समेत आन्दोलन हुँदा यस्ता अराजक समूहहरुसँग चनाखो हुनुपर्नेमा राज्य संयन्त्रको ढिलाइकै कारण पनि यो परिस्थिति निम्तिएको बुझाई सर्वसाधारणको छ ।