Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जेनजीको आन्दोलनमा राज्यबाट भएको बर्बर आक्रमणमा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन

जेनजीको आन्दोलनमा राज्यबाट भएको बर्बर आक्रमणमा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन
  • २५ भाद्र २०८२, बुधबार १५:३१

प्रतीक लामिछाने

mulpatra

बेट्टेम्बर्ग, लक्जेम्बर्ग – जेनजीको आन्दोलनका क्रममा राज्यबाट भएको बर्बर आक्रमणमा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन गरिएकाे छ ।

नेपालमा व्याप्त भ्रष्टाचार तथा विकृतिका विरुद्ध आवाज उठाउँदा राज्यद्वारा गरिएको बर्बर आक्रमणमा परी ज्यान गुमाएका बीर युवाहरुको आत्मको चीर शान्तिको कामना गर्दै नेपाल बाहिर पनि शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रमहरु भैरहेका छन् ।

mulpatra mulpatra mulpatra

यही क्रममा मंगलबार युरोपेली मुलुक लक्जेम्बर्गको राजधानी लक्जेम्बर्गसिटीस्थित स्ट्रासेनमा श्रद्धाञ्जली तथा मैनबत्ती प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । लक्जेम्बर्गमा रहेका नेपाली समुदायको उपस्थितिमा भएको सो कार्यक्रममा सहभागीहरुले काठमाडौंलगायत देशका विभिन्न स्थानमा ‘जेनजी’को अगुवाईमा भएको विरोध कार्यक्रममा ज्यान गुमाएका युवा विद्यार्थीहरुको आत्माको चीर शान्तिको कामना गर्दै मैनबत्ती बाल्नुका साथै पुष्पगुच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा सहभागी नेपाली समुदायले आन्दोलनका क्रममा घाइतेहरुको सीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए । शोक सभामा सहभागीहरुले नेपालमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने, युवा विद्यार्थीहरुमाथि भएको गोली प्रहारका घटनामा दोषीमाथि कडा कारबाही गर्नुपर्नेलगायतका नारा उल्लेखित प्लेकार्ड बोकेका थिए । कार्यक्रममा सहभागी नेपाली तथा विदेशी समुदायका व्यक्तिहरुले नेपालको नक्साको ढाँचामा तयार पारिएका मैनबत्तीहरु बाल्नुका साथै पुष्पगुच्छा अर्पण गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सो कार्यक्रममा लक्जेम्बर्गको स्ट्रासेन नगरपालिकाका मेयर निको पुन्डेल, नेपालका लागि लक्जेम्बर्गका गैर–आवासीय राजदूत जीन क्लाउड कुगेनरलगायतको उपस्थिति रहेको थियो । उनीहरुले नेपालमा पछिल्ला दिनहरुमा भै रहेको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको बारेमा नेपाली समुदायका अगुवाहरुसँग जिज्ञासा राखेका थिए ।

Image Source: © https://mulpatra.com