जेनजीले भावि प्रधानमन्त्रीमा बालेनको सहमतिमा सुशीलालाई अघि सारे
काठमाडौं– जेनजीको वृहद भर्चुअल वैठकमा भावि प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन जनाए । वैठकमा सबैभन्दा बढीले सहमति सुशीला कार्कीलाई जनाएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह जेनजी पुस्तामा सबैभन्दा बढी लोकप्रिय छन् । बालेनले पनि सहमति दिने भएछन् । कार्कीलाई यसअघि नै जेनजीको तर्फबाट प्रधानमन्त्रीको अफर गरिएको थियो । स्रोतका अनुसार उनले एक हजार जनाको लिखित हस्ताक्षर चाहिने माग गरेकी थिइन् । उनले माग गरेभन्दा धेरै २५ सयभन्दा बढीको हस्ताक्षर उनलाई दिइएको स्रोतको दाबी छ ।
प्रधानमन्त्रीमा कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ लगायतको नाम पनि चर्चामा आएका थिए । यस्तै, ¥यान्डम नेपाली नामक एक युट्यूवरलाई पनि राम्रो मत परेको छ । तर उनले अरु कोही तयार नभए मात्रै आफू अघि सर्ने बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
¥यान्डम नेपालीको वास्तविक नाम राष्ट्रविमोचन तिमल्सिना हो । उनी कानून व्यवसायी हुन् । यसअघि उनी नेसनल ल कलेजका कार्यवाहक प्रिन्सीपल थिए ।
चार घण्टादेखि जारी जेन–जीको भर्चुअल बैठकमा सर्वमान्य नेताको खोजी भइरहेको छ । उक्त बैठकमा सहभागी भएका सागर ढकालले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबारे चर्चा गरेका छन् । आफ्नो सर्कलमा कार्कीबारे गरिएको सर्वेक्षणमा ९२ प्रतिशत समर्थन प्राप्त भएको उनले जानकारी दिएका छन् ।
नेपाली सेनाले जेन–जीको प्रतिनिधि बोलाइरहका बेला विभिन्न नेताहरूको विकल्पबारे छलफल भइरहेको छ । यही बेला बिहानैदेखि छलफल चलाइरहेको जेन–जी समूहले भने उपयुक्त प्रतिनिधि भेटिरहेको छैन । सबैले मान्ने व्यक्ति खोजी गर्दा कार्की सही पात्र हुन सक्ने भनिएको छ ।
Image Source: © https://mulpatra.com



