Close

Recent Posts

नयाँ सरकार गठनका लागि वार्ता हुँदै, सुशीला कार्कीछलफलमा, प्रसाई जाँर्दै

नयाँ सरकार गठनका लागि वार्ता हुँदै, सुशीला कार्कीछलफलमा, प्रसाई जाँर्दै
  • २६ भाद्र २०८२, बिहीबार ११:०४

काठमाडौं– नयाँ सरकार गठनका लागि समन्वय गरिरहेको नेपाली सेनाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग छलफल भइरहेको छ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई भने सेनापतिले छलफलमा आज दिउँसो बोलाएका छन् ।

mulpatra

अन्तरिम सरकार गठनको विषयमा छलफलकाका लागि कार्की जङ्गीअड्डा छिन भने प्रसाई केही समयमा जाँदैछन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्कीलाई नयाँ सरकारको नेतृत्वका लागि समर्थन गर्ने बताएका थिए । बालेनको उक्त निर्णयमा जेन–जी पनि सहमत भएपछि आज सेनाको समन्वयमा नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल हुँदै छ ।

प्रसाईंसँग प्रधानसेनापति अशोकराज सिग्देलले हिजो पनि वार्ता गरेका थिए । प्रसाईं आन्दोलनको एक हिस्सा भएको सेनाले उल्लेख गरेको छ ।

mulpatra mulpatra mulpatra