संविधान अनुसार नै निकास खोजीनु पर्छः एमाले

संविधान अनुसार नै निकास खोजीनु पर्छः एमाले
  • २६ भाद्र २०८२, बिहीबार १४:१५

काठमाडौँ । हालै देशभर उत्पन्न असामान्य परिस्थितिपछि नेकपा (एमाले) ले संविधान र लोकतान्त्रिक विधिबाटै राजनीतिक निकास खोजिनुपर्ने स्पष्ट पारेको छ। पार्टीको केन्द्रीय सचिवालयले सोमबार जारी गरेको विज्ञप्तीमा अस्थिरता, अराजकता र हिंसात्मक गतिविधि देशको हित विपरीत भएकाले यसलाई नियन्त्रण गर्न संवैधानिक बाटो अपनाउनुपर्ने बताइएको छ।

mulpatra

विज्ञप्तीमा सामाजिक न्याय, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगार र विकासजस्ता एजेन्डामा युवापुस्ताले उठाएका मागलाई सम्बोधन गर्न सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ। तर, प्रदर्शनका नाममा भएको तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिको नोक्सानीप्रति एमालेले गम्भीर चिन्ता व्यक्त गरेको छ।

पार्टीले जनताको जीवन र सम्पत्तिमा खतरा मोलिने गतिविधि अक्षम्य रहेको भन्दै त्यसमा संलग्न दोषीहरूलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, राज्यका सुरक्षासंस्थाहरूले शान्ति–सुरक्षा कायम गर्न सक्षम ढंगले काम गर्नुपर्ने उल्लेख गरिएको छ।

mulpatra mulpatra mulpatra

विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिक समस्याको निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ भन्ने पार्टीको अडान हो। स्थानीय तहदेखि संघीय संसद् र न्यायालयसम्म सबै निकायले आफ्नो जिम्मेवारी निर्वाह गरे मात्रै देश स्थायित्व र समृद्धितर्फ अघि बढ्छ।”

एमालेले अहिलेको संवेदनशील अवस्थालाई चिर्न सबै राजनीतिक शक्तिहरूबीच संवाद र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।

विज्ञप्तीः

Image Source: © https://mulpatra.com