Close

Recent Posts

सैनिक मुख्यालयअगाडि जेन–जीहरूको ग्याङफाइट

सैनिक मुख्यालयअगाडि जेन–जीहरूको ग्याङफाइट
  • २६ भाद्र २०८२, बिहीबार १५:३३

काठमाडौं– काठमाडौँको सुनधारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ । प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक–फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो ।

mulpatra

हर्क साम्पाङ समर्थक बढी आक्रामक देखिएका छन् । काठमाडौँमा दिउँसो निषेधाज्ञा लागू गरिएको छ। निषेधाज्ञाकै बीच विभिन्न समूहहरू प्रदर्शन गरिरहेका छन् ।

अहिले नेपाली सेनाले एम्बुलेन्सबाहेक कुनै पनि सवारीलाई सुनधारा सडकमा आउजाउ गर्न दिएको छैन । काठमाडौँको बबरमहलमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित अर्कै समूहले प्रदर्शन गरेको थियो ।

mulpatra mulpatra mulpatra