Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मुख्यसचिव र सचिवले सिंहदरबारभित्र क्षतिको अनुगमन गरे

मुख्यसचिव र सचिवले सिंहदरबारभित्र क्षतिको अनुगमन गरे
  • २७ भाद्र २०८२, शुक्रबार १२:२२

काठमाडौं– सिंहदरबारमा आगजनी भएपश्चात् ठप्प भएका मन्त्रालयहरू पुन सुचारु गराउन मुख्य सचिव एकनारायण अर्यालले पहल सुरु गरेका छन् ।

mulpatra

अहिले मुख्यसचिव अर्यालसहित सचिवहरूले सिंहदरबारभित्र भएको क्षतिको अवलोकन र अनुगमन गरिरहेको उच्च स्रोतले बतायो ।

जेनजी आन्दोलनकारीले सिंहदरबारभित्र पसेर वितण्डा मच्चाएका थिए भने यत्रतत्र आगजनी गरेका थिए । आगजनीले भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन । सिंहदरबारभित्रका ठूला भवनहरू क्षतिग्रस्त भए पनि केही मन्त्रालय भवनहरू सुरक्षित रहेको बुझिएको छ ।

mulpatra mulpatra mulpatra

मुख्य सचिव अर्यालले हिजो सचिवहरूसँग भर्चुअल मिटिङ गरेका थिए भने आज सबैलाई सिंहदरबारमा बोलाएका छन् । भर्चुअल मिटिङमा हिजो उनले सचिवहरूलाई शुक्रवार आआफ्नो कार्यालयमा गएर सरसफाइ गर्न र सम्भव भएसम्म काम सुचारु गर्न निर्देशन दिएको बुझिएको छ । आज अधिकांश सचिवहरू सिंहदरबार पुगेर मुख्यसचिवसँग अनुगमनमा जुटिरहेका छन् ।

आगजनीका बाबजुद सिंहदरबार पूर्णरुपमा ध्वस्त भने भएको छैन । फल्स सिलिङ, काठका झ्यालढोकाहरु र बाहिर आवरण क्षतिग्रस्त भएका छन् भने मुख्य भित्री संरचना सुरक्षित रहेको आशा गरिएको एक सचिवले बताए ।

‘केही महिनाभित्रमा पुनर्निर्माण गर्न सकिन्छ भन्ने आशा छ,’ ती सचिवले भने, ‘त्यतिञ्जेलसम्मका लागि अस्थायी प्रबन्ध के–कसरी गर्न सकिन्छ भनेर छलफल र गृहकार्य भइरहेको छ ।’

Image Source: © https://mulpatra.com

नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई स्वागतका लागि तयार रहन पनि मुख्य सचिवले सचिवहरूलाई निर्देशन दिएका छन् । एक दुई दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्त हुन सक्ने उनले हिजोको भर्चुअल मिटिङमा बताएका थिए । तर, प्रधानमन्त्रीको कार्यालय कहाँ राख्ने भन्नेबारे निष्कर्षमा नपुगिएको स्रोतको भनाइ छ ।