Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सिंहदरबारमा बस्न योग्य भवन खोज्दै हिडे मुख्यसचिव, कतै भेटेनन्

सिंहदरबारमा बस्न योग्य भवन खोज्दै हिडे मुख्यसचिव, कतै भेटेनन्
  • २७ भाद्र २०८२, शुक्रबार १६:१३

काठमाडौं– मुख्यसचिव एकनारायण अर्याल शुक्रबार सिंहदरबारको स्थलगत अवलोकनमा पुगे । स्थलगत अध्ययन गरी फर्किएका अर्थसचिव घनश्याम उपाध्यायका अनुसार देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रालयमा शतप्रतिशत क्षति भएको छ । अन्य मन्त्रालयमा आंशिक क्षति छ ।

mulpatra

भौतिक क्षतिको आकलन गरिसकेपछि ड्यामेज नभएको ठाउँबाट सेवा सूचारु गर्ने तयारी रहेको उनले बताए । यसैका लागि गरिएको हो, शुक्रबारको अध्ययन–अवलोकन । एकातिर भौतिक क्षति छ भने अर्कोतिर अभिलेखको क्षति छ । मुख्यसचिव अर्याल भन्छन्, ‘रेकर्डको, अभिलेखको क्षति कल्पना गर्न सक्दैनौं । यो नेपालका लागि दुर्भाग्यपूर्ण भएको उनले बताए । ‘क्षति अपुरणीय छ ।’ उनले भने ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद् भवनको एक नम्बर बिल्डिङ अगाडि राखिएका गाडी र बाइकहरू तोडफोड भएका छन् । संसद् भवनकै दुई नम्बर बिल्डिङ अगाडि राखिएका केही सवारी तोडफोड भएका छन् । सिंहदरबार भित्रको क्षतिलाई रकममा तत्काल गणना गर्नसक्ने अवस्था नरहेको कर्मचारीहरू बताउँछन् । यद्यपि, संघीय संसद् सचिवालय र मन्त्रालयहरूले क्षतिको विवरण संकलनको काम थालेका छन् ।

mulpatra mulpatra mulpatra

गत सोमबारदेखि सुरु भएको जेन–जी आन्दोलनको दोस्रो दिन मंगलबार सिंहदरबार जलेको हो । प्रदर्शनकारीको निसानामा सरकारी भवन र कार्यालयहरू पर्दा सिंहदरबार कुरूप बन्न पुगेको छ ।