Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

रवि लामिछाने कारागार फिर्ताः रिहाइपत्र नै नक्कली रहेको आरोप

रवि लामिछाने कारागार फिर्ताः रिहाइपत्र नै नक्कली रहेको आरोप
  • २८ भाद्र २०८२, शनिबार २०:५३

काठमाडौं । जेनजी आन्दोलन भइरहँदा नख्खु कारागारबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फिर्ता गएका छन्।

mulpatra

सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट बाहिर निस्किएका थिए । आन्दोलनले उग्ररुप लिएपछि नक्खु कारागारा समेत प्रदर्शनकारीको घेराउमा परेपछि लामिछाने जेलबाट बाहिर निस्किएका थिए । उनी जेलबाट निस्किएपछि उनको सर्वत्र आलोचना भएको थियो भने अन्य जेलमा रहेका कैदीबन्दीले लामिछाने निस्कनु हुने हामी नहुने भन्दै आन्दोलन समेत गरेका थिए ।


राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई जेल चलान गरिएको रास्वपा समर्थितहरुले भनिरहे पनि अदालतको आदेशले उनी पुर्पक्षका लागि जेल चलान भएका थिए ।

mulpatra mulpatra mulpatra


जेनजी आन्दोलनका क्रममा देशभरका जेलबाट १० हजार भन्दा बढी कैदी बन्दी भागेका थिए । त्यसरी भागेकाहरुलाई प्रहरीले पुन पक्राउ गर्दै जेल चलान गरिरहेको छ ।


लामिछानेले जेलबाट बाहिर निस्किदा देखाएको रिहाइ पत्र नै नक्कली रहेको भन्दै सर्वत्र आलोचना भएको कारण पनि उनी जेल जान वाध्य भएका छन् ।