Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

तत्काल सत्ता होइन, नयाँ राजनीतिक पार्टी खोलेर जनमुद्दा अघि बढाउने प्रसाईको अठोट, सेनापतिलाई विषेश धन्यवाद

तत्काल सत्ता होइन, नयाँ राजनीतिक पार्टी खोलेर जनमुद्दा अघि बढाउने प्रसाईको अठोट, सेनापतिलाई विषेश धन्यवाद
  • २९ भाद्र २०८२, आईतवार १२:२१

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई तत्काल सरकारमा नजाने घोषणा गरेका छन् । प्रसाईले नयाँ पार्टी खोलेर जनताको समस्या समाधानतिर लाग्ने उदघोष समेत गरे ।

mulpatra

आज आफनै फेसबुक पेजमार्फत प्रसाईले प्रधान सेनापति अशोक सिग्देललाई विशेष धन्यवाद दिदै आफनो प्रथामिकतामा सत्ताभन्दा जनताका समस्या र उनीहरुले भोग्दै आएका समस्या समाधान गर्ने रहेको जनाएका छन् । विगतमा पनि आफु जनताका माझमा रहेको र आगामी दिनमा पनि जनतासँग रहने प्रष्ट पारेका छन् ।

गत साता जटिल राजनीतिक अवस्था र स्थायित्वको सवालमा विभिन्न पक्षबीच व्यापक छलफल चलिरहेका बेला प्रधान सेनापति अशोक सिग्देल र दुर्गा प्रसाईबीच भेटवार्ता भएको थियो । दुबै पक्षबीच भएको उक्त संवादमा मुलुकको समसामयिक अवस्था, स्थायित्व, सुशासन र आगामी सम्भावित राजनीतिक विकल्पबारे गम्भीर छलफल भएको थियो ।

mulpatra mulpatra mulpatra

प्रसाईले सिग्देलसँग भेट गरेपछि जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन र शुशिला कार्की जो भएपछि नेतृत्व स्वीकार्न गर्न तयार रहेको छ ।

प्रसाईले प्रधानसेनापतिसँगको छलफलपछि आफुलाई नेतृत्वको मोह नरहेको बताउदै तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर नभाग्ने र जुनसुकै परिस्थितिको लागि पनि तयार रहेको बताएका छन् ।

गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज । सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ । यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो । अब समय आएको छ, भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा समेत बताएका थिए ।

Image Source: © https://mulpatra.com

विगतमा राजसंस्था पुनस्र्थापनाका लागि सञ्चालन गरिएको जनआन्दोलनमा अगुवाको भूमिकामा रहेका दुर्गा प्रसाई हाल स्वतन्त्र हैसियतमा विभिन्न राष्ट्रवादी र सुधारवादी अभियानहरूमा सक्रिय छन् । जसका कारण पनि प्रसाई जनताको आँखामा परेका छन् ।

प्रसाईको स्टाटस