तत्काल सत्ता होइन, नयाँ राजनीतिक पार्टी खोलेर जनमुद्दा अघि बढाउने प्रसाईको अठोट, सेनापतिलाई विषेश धन्यवाद
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई तत्काल सरकारमा नजाने घोषणा गरेका छन् । प्रसाईले नयाँ पार्टी खोलेर जनताको समस्या समाधानतिर लाग्ने उदघोष समेत गरे ।

आज आफनै फेसबुक पेजमार्फत प्रसाईले प्रधान सेनापति अशोक सिग्देललाई विशेष धन्यवाद दिदै आफनो प्रथामिकतामा सत्ताभन्दा जनताका समस्या र उनीहरुले भोग्दै आएका समस्या समाधान गर्ने रहेको जनाएका छन् । विगतमा पनि आफु जनताका माझमा रहेको र आगामी दिनमा पनि जनतासँग रहने प्रष्ट पारेका छन् ।
गत साता जटिल राजनीतिक अवस्था र स्थायित्वको सवालमा विभिन्न पक्षबीच व्यापक छलफल चलिरहेका बेला प्रधान सेनापति अशोक सिग्देल र दुर्गा प्रसाईबीच भेटवार्ता भएको थियो । दुबै पक्षबीच भएको उक्त संवादमा मुलुकको समसामयिक अवस्था, स्थायित्व, सुशासन र आगामी सम्भावित राजनीतिक विकल्पबारे गम्भीर छलफल भएको थियो ।
प्रसाईले सिग्देलसँग भेट गरेपछि जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन र शुशिला कार्की जो भएपछि नेतृत्व स्वीकार्न गर्न तयार रहेको छ ।
प्रसाईले प्रधानसेनापतिसँगको छलफलपछि आफुलाई नेतृत्वको मोह नरहेको बताउदै तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर नभाग्ने र जुनसुकै परिस्थितिको लागि पनि तयार रहेको बताएका छन् ।
गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज । सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ । यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो । अब समय आएको छ, भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा समेत बताएका थिए ।
विगतमा राजसंस्था पुनस्र्थापनाका लागि सञ्चालन गरिएको जनआन्दोलनमा अगुवाको भूमिकामा रहेका दुर्गा प्रसाई हाल स्वतन्त्र हैसियतमा विभिन्न राष्ट्रवादी र सुधारवादी अभियानहरूमा सक्रिय छन् । जसका कारण पनि प्रसाई जनताको आँखामा परेका छन् ।
प्रसाईको स्टाटस

