Close

Recent Posts

लाइसेन्स छपाई र वितरण अनिश्चितकालका लागि बन्द

लाइसेन्स छपाई र वितरण अनिश्चितकालका लागि बन्द
  • २९ भाद्र २०८२, आईतवार १५:५१

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई र वितरण अनिश्चितकालका लागि बन्द भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

mulpatra

लाइसेनस छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली अनिश्चितकालका लागि बन्द भएको सूचनामा उल्लेख छ ।

विरोध प्रदर्शनका क्रममा विभिन्न संरचनामा तोडफोड, आगजनी तथा चोरीरलुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुगेको विभागले जनाएको छ । यसले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको सूचनामा उल्लेख छ।

mulpatra mulpatra mulpatra