सार्वजनिक यातायात फेरि देशभर सञ्चालनमा आउने, कहिले खुल्ने भयो दसैँको बुकिङ टिकट ?
काठमाडौं– जेनजी आन्दोलनका कारण रोकिएका सार्वजनिक सवारीसाधन फेरि देशभर सञ्चालनमा आउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव केशवकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक तथा मालवाहक सवारीसाधनलाई सहज रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार आन्दोलनका कारण एक सातादेखि रोकिएका सवारीसाधन अब पूर्णरूपमा सञ्चालनमा आउनेछन् ।
![]() |
![]() |
![]() |
|---|
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा समिति गठन गरी दसैँ–तिहारमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ छिट्टै खुला गर्ने तयारी पनि गरिएको छ । समितिमा यातायात व्यवसायी, मजदुर प्रतिनिधि र ट्राफिक प्रहरी समेत रहनेछन् ।
यसवर्ष असोज ६ गते घटस्थापना र १६ गते बडादसैँ पर्ने भएकाले चाडपर्वमा यात्रु आवागमनलाई सहज बनाउन विशेष व्यवस्था गर्ने तयारी भएको छ ।



